स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

तनहुँको विकट घिरिङका कृषकद्धारा थोपा सिंचाई प्रविधि माग

पवन पौडेल तनहुँ २६ माघ

तनहुँको विकासको दृष्टिकोणले पछि परेको घिरिङ सुन्धारा १ नयाँटारका कृषकले सिंचाईको सुविधा नभएको भन्दै तरकारी खेतीका लागि थोपा सिंचाई प्रविधिको माग गरेका छन्। त्यस क्षेत्रमा रहेको पुरानो नयाँटार सिंचाई योजना बषौंअघिदेखि पहिरोका कारण विग्रेर नष्ट भएपछि त्यस क्षेत्रको करिब सय हेक्टर बराबरको जमिन हिउँदमा बाँझो पल्टँदै आएको छ । जिल्ला कृषि विकास कार्यालय तनहुँद्धारा आयोजित सिजनल योजना तर्जुमा गोष्ठीमा बोल्दै थोरै पानिले पनि धेरै जग्गामा सिंचाई गराउने नयाँ प्रविधिको बारेमा आवश्यक ज्ञान र सीप प्रदान गर्न जिल्ला कृषि विकास कार्यालय तथा उन्नत पशुपालन प्रविधिको बारेमा आवश्यक सीप प्रदान गर्न जिल्ला पशु सेवा कार्यालय तनहुँका अधिकृतहरुसंग माग गरे।
कार्यक्रममा बोल्दै घिरिङ सुन्धारा गाउँ विकास समितिका निवर्तमान गाविस अध्यक्ष होम बहादुर थापाले सरकारले स्थानिय नागरिकको सहयोगका लागि विभिन्न कार्यक्रम सन्चालन गर्न लागेकोप्रति खुशी प्रकट गर्दै दिगोकालसम्म अधिक फाईदा लिन धेरै मेहनत गर्न आग्रह गर्नुभयो। उहाँले फलफुलखेतीबाट समेत दिर्घकालसम्म फाईदा लिन सकिने भएकाले यसबारे पनि सोच्न स्थानियबासीलाई अनुरोध गर्नुभयो।
गाविस सचिव सूर्यप्रसाद लम्सालले आँफु गाउँका लागि नयाँ भएकाले धेरै कुरा थाहा नभएको तर जनताबाट माग भैआएको कार्यक्रममा सक्दो सहयोग दिने वचन दिनुभयो।
जिल्ला कृषि विकास कार्यालय तनहुँका बरिष्ठ कृषि विकास अधिकृत दण्डपाणी खनालले स्थानिय नागरिकलाई सिंचाई आयोजना बन्न लागेकेा भन्दै यो सकिएपछि बाह्रैमास खेती गरेर दिगो उत्पादन गर्न आग्रह गर्नुभयो। उहाँले कृषि खेती प्रणालीका लागि आवश्यक तालिम,तथा विउविजन र प्राविधिक सल्लाह दिन आफ्नो कार्यालय सधैं तयार रहेको भन्दै आवश्यक कार्यक्रम माग गर्न आग्रह गर्नुभयो।
जिल्ला पशु विकास अधिकृत शुबल शाहले नयाँटार कृषि र पशुपालन एक अर्काका परिपुरक भएको बताउँदै दुबैलाई संगसंगै अगाडि बढाए राम्रो प्रतिफल लिन सकिने बताउनुभयो। त्यस क्षेत्रमा पशुपालनको सम्भावना देखिएकाले पशुपालनको लागि आवश्यक योजना माग गरे आँफु सहयोग गर्न तयार रहेकेा जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै पश्चिमान्चल सिंचाई डिभिजन कार्यालयका ईन्जिनियर विनोद कुमार श्रीवास्तव,जिल्ला विकास समिति तनहुँका ध्रुवनाथ सापकोटा,कृषि प्रसार अधिकृत रविन्द्र पौडेल,कृषि सेवा केन्द्रका प्रमुख ईन्द्रकान्त झा लगायतले उन्नत खेतीप्रणालीमा जोड दिन कृषकसंग आग्रह गर्नुभयो।
नयाँटार सिंचाई उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर कुमालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन जिल्ला कृषि विकास कार्यालय तनहुँका कार्यक्रम अधिकृत कृष्ण पौडेलले गर्नुभएको थियो । पछि परेको घिरिङ सुन्धारा १ नयाँटारका कृषकले सिंचाईको सुविधा नभएको भन्दै तरकारी खेतीका लागि थोपा सिंचाई प्रविधिको माग गरेका छन् । त्यस क्षेत्रमा रहेको पुरानो नयँाटार सिंचाई योजना बषौंअघिदेखि पहिरोका कारण विग्रेर नष्ट भएपछि त्यस क्षेत्रको करिब सय हेक्टर बराबरको जमिन हिउँदमा बाँझो पल्टँदै आएको छ ।
जिल्ला कृषि विकास कार्यालय तनहुँद्धारा आयोजित सिजनल योजना तर्जुमा गोष्ठीमा बोल्दै थोरै पानिले पनि धेरै जग्गामा सिंचाई गराउने नयाँ प्रविधिको बारेमा आवश्यक ज्ञान र सीप प्रदान गर्न जिल्ला कृषि विकास कार्यालय तथा उन्नत पशुपालन प्रविधिको बारेमा आवश्यक सीप प्रदान गर्न जिल्ला पशु सेवा कार्यालय तनहुँका अधिकृतहरुसंग माग गरे। कार्यक्रममा बोल्दै घिरिङ सुन्धारा गाउँ विकास समितिका निवर्तमान गाविस अध्यक्ष होम बहादुर थापाले सरकारले स्थानिय नागरिकको सहयोगका लागि विभिन्न कार्यक्रम सन्चालन गर्न लागेकोप्रति खुशी प्रकट गर्दै दिगोकालसम्म अधिक फाईदा लिन धेरै मेहनत गर्न आग्रह गर्नुभयो। उहाँले फलफुलखेतीबाट समेत दिर्घकालसम्म फाईदा लिन सकिने भएकाले यसबारे पनि सोच्न स्थानियबासीलाई अनुरोध गर्नुभयो। गाविस सचिव सूर्यप्रसाद लम्सालले आँफु गाउँका लागि नयाँ भएकाले धेरै कुरा थाहा नभएको तर जनताबाट माग भैआएको कार्यक्रममा सक्दो सहयोग दिने वचन दिनुभयो।
जिल्ला कृषि विकास कार्यालय तनहुँका बरिष्ठ कृषि विकास अधिकृत दण्डपाणी खनालले स्थानिय नागरिकलाई सिंचाई आयोजना बन्न लागेकेा भन्दै यो सकिएपछि बाह्रैमास खेती गरेर दिगो उत्पादन गर्न आग्रह गर्नुभयो। उहाँले कृषि खेती प्रणालीका लागि आवश्यक तालिम,तथा विउविजन र प्राविधिक सल्लाह दिन आफ्नो कार्यालय सधैं तयार रहेको भन्दै आवश्यक कार्यक्रम माग गर्न आग्रह गर्नुभयो।
जिल्ला पशु विकास अधिकृत शुबल शाहले नयाँटार कृषि र पशुपालन एक अर्काका परिपुरक भएको बताउँदै दुबैलाई संगसंगै अगाडि बढाए राम्रो प्रतिफल लिन सकिने बताउनुभयो। त्यस क्षेत्रमा पशुपालनको सम्भावना देखिएकाले पशुपालनको लागि आवश्यक योजना माग गरे आँफु सहयोग गर्न तयार रहेकेा जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै पश्चिमान्चल सिंचाई डिभिजन कार्यालयका ईन्जिनियर विनोद कुमार श्रीवास्तव,जिल्ला विकास समिति तनहुँका ध्रुवनाथ सापकोटा,कृषि प्रसार अधिकृत रविन्द्र पौडेल,कृषि सेवा केन्द्रका प्रमुख ईन्द्रकान्त झा लगायतले उन्नत खेतीप्रणालीमा जोड दिन कृषकसंग आग्रह गर्नुभयो। नयाँटार सिंचाई उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर कुमालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन जिल्ला कृषि विकास कार्यालय तनहुँका कार्यक्रम अधिकृत कृष्ण पौडेलले गर्नुभएको थियो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ