स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

आठ करोड रुपैया भन्दा वढी पेश्की फच्यौट हुन बाँकी

उत्तम ओझा धनगढी, २६ माघ (दैनिकी)

गत आर्थिक वर्षम्ममा जिल्ला विकास समिति कैलालीको आठ करोड रुपैया भन्दा वढी पेश्की फर्छ्यौट हुन सकेको छैन् । लामो समयदेखि रहेको पेश्की फर्छ्यौट गर्न जिल्ला विकास समिति कैलालीले चासो नदिएका कारण आर्थिक वर्ष०६५/०६६ सम्ममा जिविस कैलालीको ८ करोड ११ लाख ६८ हजार ६ सय ७६ रुपैया पेश्की फच्र्यौट हुन नसकेको हो। जिविसले विभिन्न व्यक्तिले लिएको पेश्की फर्छ्यौट गर्न चासो नदिदा लामो समयदेखि रहेको जिविसको पेश्की रकम गुम्ने अवस्थामा पुगेको छ ।
आर्थिक वर्ष०६४/०६५ सम्ममा जिविस कैलालीको पेश्की फच्र्यौट हुन बाकी २ करोड ८९ लाख ९२ हजार १ सय १३ रुपैया रहेकोमा आर्थिक वर्ष०६५/०६६ सम्म बढेर ८ करोड ११ लाख ६८ हजार ६ सय ७६ रुपैया पुगेको छ । गत आर्थिक वर्षा मात्रै ५ करोड २१ लाख ७६ हजार ५ सय ६३ रुपैया पेश्की फच्यौट हुन बाँकी रहेको छ । आर्थिक वर्ष०६४/०६५ मा २ करोड ९३ हजार २ सय ५९ रुपैया पेश्की फच्यौट भएको थियो ।
आर्थिक वर्ष०६५/०६६ मा जिविस कैलालीले संचालन गरेको विभिन्न ३८ कार्यक्रमहरु मध्ये २० कार्यक्रमहरुको पेश्की बाँकी रहेको छ । गत आर्थिक वर्षा जिविसले संचालन गरेको कार्यक्रम मध्ये सवैभन्दा वढी सामाजिक सुरक्षा कार्यक्रममा ३ करोड ६ लाख ५४ हजार १ सय रुपैया, जनसहभागिता कार्यक्रमहरुमा ४४ लाख १८ हजार ७४ रुपैया, स्थानिय स्वायक्त सासन कार्यक्रममा ३८ लाख १ हजार ८ सय १६ रुपैया, गेटा आँखा अस्पतालको भवन निर्माणमा ३३ लाख ५७ हजार रुपैया, जिविस अनुदान कार्यक्रममा २६ लाख ३४ हजार ७ सय रुपैया, आन्तरिक आय राजस्व कोषको १९ लाख २८ हजार २ सय ८० रुपैया पेश्की बाँकी रहेको छ ।
जिविसको स्थापनाकालदेखि विभिन्न व्यक्तिहरुले लिएको पेश्की रकम समयमा फच्यौट नगरेपछि जिविस कैलालीको आठ करोड भन्दा वढी रुपैया पेश्की बाँकी रहेको जिविस कैलालीका लेखापाल टेकराज भट्टले बताए ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu