स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

बारुद्धि सुरुङ महासन्धिमा हस्ताक्षर गराउन दवाव

दशरथ घिमिरे लमही २७ माघ

बिगतमा माओबादीले सञ्चालन गरेको युद्धमा बिद्रोही र राज्य पक्षबाट लाखौं नेपाली नागरीकहरुले सास्ति भोग्नु परेको तितो यथार्त सबेका बिचमा छ । त्यो बिचमा कतिपय नागरीकहरु त्यस्ता पक्षले बिछ्याका बारुद्धि सुरुङ एवं बिस्पोटक पदार्थको सिकार बन्नु परेको घटना धेरै छन । अहिले युद्ध हटेपनि त्यस्ता सुरुङ्ग नहटाउदा नागरीकले युद्धकालमा बिछ्याइएका बारुदि सुरुङ्गको सिकार अझै बन्नु पर्ने परेको छ । माओबादिको तर्फ बाट राखिएका बारुदि सुरुङ्गको सरकारले कुनै लेखा जोखा राखेको छैन भने राज्यपक्षबाट राखिएका सुरुङ्गका बारेमा केहि कदम चालेर नेपालि सेना तथा सशस्त्र प्रहरीको कम्पानमा बिछ्याइएका सुरुङ्ग हटाउने प्रयास भएको छ । तर यति मात्रले पुग्ने अबस्था नरहेको जानकारहरु बताउछन । माओबादिले युद्ध कालमा देशका बिभिन्न स्थानमा त्यस्ता सुरुङ बनायका थिए ।
यसै बिच त्यस्ता वारुद्धि सुरुङ्ग हटाउन मानव विरुद्ध लक्षित बारुदि सुरुङको प्रयोग, भण्डारण, उत्पादन तथा ओसारपसार माथि प्रतिबन्ध तथा तिनको विनाश सम्बन्धि महाशन्धिमा नेपालको तर्फ बाट हस्ताक्षर गर्न संसद भवनमा बिशेष समय लियर आवाज उठाउने सभासद हरुले प्रतिबद्धता जनाएका छन । वारुदि सुरुङ प्रतिबन्ध अभियान एन सि बिएर ले हालै लमही आएका चार सभासदले संसदमा बिशेष समय लिदै आफुहरुले वारुदि सुरुङ सम्बन्धि सबै खाले हात हतियारको प्रयोग एवं ओसार पसारलाई नियन्त्रण गर्न राज्यलाई दवाब दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । नेकपा एमालेका केन्दि्रय सदस्य एवं सभासद डाक्टर बिजय कुमार पौडेलले बिस्तृत शान्ति संझौतामा वारुदि सुरुङ हटाउने प्रतिबद्धता भएपनि अझै अधिकांस क्षेत्रमा यस किसिमको सुरुङ यथावत रहेको बताउदै त्यलाई हटाउन राज्य गंभिर हुनु पर्ने बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पौडेलले वारुदि सुरुङ लाई प्रतिबन्द लगाउन निरन्तर अनुगमन र दवाव आबश्यक रहेको औंल्याउदै आफुहरुले यस सम्बन्धमा संसद मा बिशेष समय लियर आवाज उठाउने बताउनु भएको छ । माओबादिले सुरु गरेको सशस्त्र युद्ध पछि नेपालमा हतियारको प्रयोग बढ्दो रुपमा रहेकाले त्यलाई पुर्ण रुपमा रोक्न नागरीकहरु सचेत हुनु पर्ने उहांले बताउनु भयो । खुला सिमानाको समस्याका कारण नेपालमा सानाहतियारको प्रयोग बढ्दो रहेकाले यसले समाजलाई प्रत्यक्ष बेफाईदा पुर्‍याउने र त्यसको सिकार सर्वसाधारण नागरीक हरु नै बढि हुने गरेकाले यसलाई नियन्त्रण गर्ने निति ल्याउनु पर्ने बताउनु भएको छ । सानाहतियारको प्रयोग बढ्दो रुपमा छ त्यलाई नियन्त्रण गर्न निरन्तर अनुगमन र दवाव आबश्यक छ पौडेलले भन्नु भयो ।
त्यसैगरी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं सभासद रेश्मिराज नेपालीले खुला हतियारको प्रयोग एवं त्यसको ओसार पसारका बिरुद्धमा अभियान थालनि गरीनु पर्ने बताउनु भएको छ । सडक र सदनमा हामिले यस कुरालाई जोडदारका साथ उठाउछौं त्यसका लागि नागरकि समाज पत्रकारहरुले सहयोग गर्नु पर्छ नेपालिले भन्नु भयो । बिश्वमा सानाहतियारको प्रयोगको होट चलिरहेको र त्यसको प्रभाव नेपालमा पनि परेकाले त्यसको प्रयोगको होड लाई प्रतिबन्ध गर्न सबै लाग्नु पर्ने आबश्यक्ता आएको भनाई उहांको छ । त्यसैगरी कार्यक्रममा सभासद यसोदा अधिकारी र बिष्णु मायां बिकले पनि बारुद्धि सुरुङ एवं हतियारको प्रयोगलाई रोक्न हाउसमा कुरा उठाउने बताउनु भएको छ । माओबादिले सुरु गरेको दश बर्षे सशस्त्र युद्ध देखि २०६४ साल सम्मको तथ्याङ्कमा सरकारी तथा बिद्रोहि पक्षले थापेको सुरुङमा परेर ५१ सय ५५ प्रभाबिचत भएको र जस मध्य १४ सय १० जना ले ज्यान गुमायको जानकारी गराईएको थियो । र अन्य घाईते भएका थिए । युद्ध कालमा बिछ्याईएका वारुदि सुरुङ नहटाउदा समय समयमा बिष्पोट हुने र मानबिय क्षेति समेत हुने गरेका घटनाहरु अझैपनि भैरहेका छन । त्यसलाई नियन्त्रण गर्न सरकारी पक्षबाट राखिएका सुरुङ्ग हटाउन लागिएको जानकारी गराईएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ