स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

पाको उमेरका स्त्री/पुरुषसंगको प्रेम कती घातक ?

काठमाडौं, (दैनिकी)

चलचित्रमा मात्र नभएर पाको उमेरका महिला पुरुषलाई वास्तविक जीवनमा पनि युवाहरुले निकै झुकाब राखेको पाइन्छ । कैहि समय पहिले एउटा टि. भि. कार्यक्रममा एक युवतीले खुलेआम आफु भन्दा धेरै पाको उमेरका एक प्रोफेसरसंग प्रेम प्रस्ताव राखेकी थिईन । प्रौढसंग प्रेम गर्नु गलत होइन तर यस्ता प्रकारका प्रेममा भविष्यको कुनै निश्चितता हुँदैन ।

परिपक्कताको प्रभावः पाको उमेरका महिला/ पुरुषसंग युवावर्गको बढी झुकाव देखिन्छ । किन भन्दा उनीहरुमा परिपक्कता हुन्छ । त्यसैले उनीहरु प्रभावित हुन्छन् । धेरैजसो युवतीहरु आजको देखावटी जमानालाई मन पराउदैनन् । त्यसैले उनीहरु आफ्ना उमेर मिल्ने युवाहरुसंग त्यती आकषिर्त हुदैनन् । उनीहरु परिपक्कतालाई मन पराउछन ।

प्रेमको दौरानमाः बुढापाका होस या तन्नेरी जोसुकैले भन्ने गर्छन् प्रेमको कुनै सिमा हुँदैन। त्यसैले तन्नेरीहरुको प्रेम देखेर बुढा पाकाहरु पनि आफ्नो जवानीको स्मरण गर्न थाल्छन् र आफ्नो प्रौढ पति वा पत्नीसाग आकषिर्त हुन्छन् । आज भोलिका युवा युवतीहरु समाजको कुनै चिन्ता लिदैनन् । त्यसैले हाला उनीहरु आफ्नो जीवन मस्तसंग जिउछन् । अनि प्रेममा लिप्त भएर प्रेम लिलामा मस्त हुन्छन ।

साँचो कुरालाई स्वीकार्नेः युवतीहरु आफु भन्दा पाका उमेरका पुरुषसंग प्रभावित हुन्छन तर यस प्रकारको सम्बन्धमा भविष्य अँध्यारो हुन्छ । प्राय युवा पिडीहरु यस्ता सम्बन्धलाई लिएर धेरै भावुक हुन्छन् । परिवारका खिलाफ उनीहरु जान्छन् । उनीहरुलाई सम्झाउदा उल्टो गालि खाइन्छ । किन भने उनीहरु आप्नो जिद्धिपनामा अडिग रहन्छन् । त्यस कारण उनीहरुलाई यस्तो क्रियाकलापमा कुनै भविष्य हुदैन भनेर सम्झाउन जरुरी हुन्छ । यदि उनीहरुले स्वीकार नगरे पनि पछि गएर दुःख, कष्ट र एक्लोपनाको सिकार हुन्छन् । त्यसैले बेलैमा युवा युवतीहरुले आफ्नो भविष्यको बारेमा सोच्नु अत्यावस्यक छ ।

परिवारको भुमिकाः यस्ता प्रकारका प्रेममा प्रायः समाजलाई दोष दिने गर्छौ तथापि यसमा हामी आफै जिम्मेवार छौं किन भन्दा यस्तो हुनुमा हाम्रै हात हुन्छ । त्यसैले हामीले आफ्नो सन्ततीलाई यस्ता सम्बन्धबारे सकारात्मक र नकारात्मक पक्षको जानकारी गराउनुपर्छ नाकि उसले परिवारलाई दुश्मन नसम्झोस् । राम्रो तरिकाले उनीहरुलाई विकृति र विसंगतिका बारेमा अवगत गराउने ताकि उनीहरुले आफ्नो गल्ती महशुस गर्न पाओस् ।

यौन जिवनबाट प्रभावितः उमेरको साथ साथै पुरुषमा टेस्टास्टेरोन नामक हर्मोन बन्न कमि हुन जान्छ, जसको कारण यौन शक्तिमा कमि आउछ । त्यसै गरी महिलामा पनि यौन इच्छामा कमि हुँदै जान्छ । उसले आप्नो युवा प्रेमी वा प्रेमीकालाई यौनइच्छालाई पुरा सन्तुष्टि दिन सक्दैनन् । त्यसैले सफल जीवनका लागि आपसि समझदारी हुनु जरुरी हुन्छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


भ्यालेन्टाइन विशेष - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ