स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

केटी पट्याउने ६ काइदा

नँयापत्रिकाबाट

काठमाडौं, (दैनिकी)

नायक धीरेन शाक्यले देश/विदेशमा गरी थुप्रै केटीसँग संगत गरेका छन् । धीरेनको अनुभवमा केटाहरूलाई केटी आकषिर्त गर्ने आधा दर्जन टिप्स :

१. राम्रो आउटलुक

प्रायः केटीहरू फस्टमै केटाको आकर्षक जिउडालप्रति मोहित हुने गरेको पाइएको छ । त्यसमाथि पनि अग्लो कद, सुन्दर मुहार अनि कसिला मसल्सप्रति केटीहरूको विशेष ध्यान जान्छ । तर, विदेशमा भने यस्तो हुदैन । कुनै फङ्सनमा परिचय भयो भने मात्रै हो नत्र भने कसैलाई कसैको मतलब हुदैन ।
कुनै पनि पुरुषले आफूलाई फिट राख्न नियमित व्यायम गर्न जरुरी देख्छु । मुहारमा कान्ति ल्याउनका लागि खानपिनमा विशेष ध्यान दिनुपर्छ । पर्सनालिटी मेन्टन गर्ने, आफूलाई सधँै जाँगरिलो बनाइरहने सामान्य पुरुषप्रति पनि स्त्रीले वाच गरेको पाएको छु ।

२. फेसनेबल डे्रसअप

मान्छे हेन्डसम भएर मात्रै हुँदैन । आकर्षक बन्नका लागि फेसनेबल डे्रसको जरुरी हुन्छ । सिजनअनुसारको आफूलाई फिट हुने कपडा लगाउनुपर्छ ।
जो-कोही केटी पनि सुकिलो डे्रसअप लगाउने पुरुष चाहन्छन् । मान्छेको व्यक्तित्व उसको पहिरनले झल्काउँछ । त्यसैले दिनहुँजसो नयाँ- नयाँ डे्रसअपमा ठाँटिने पुरुषप्रति स्त्रीको विशेष लगाव हुने गरेको पाएको छु ।
म आफू पनि फेसनेबल छु । मौसमअनुसारको डे्रस लगाउँछु । सुटिङमा बाध्यताले बाहेक म आफूलाई असजिलो लाग्ने कपडा कहिल्यै लगाउँदिनँ ।

३. प्रतिभाशाली

केटीलेे केटाको आउटलुकका साथै भित्री प्रतिभाको समेत हेक्का राख्ने गर्छन् । बाहिर हेर्दा राम्रो देखिने पुरुष कत्तिको ट्यालेन्ट छ, त्यो बिचार गरेका हुन्छन् । कुनै पनि केटीले आफूभन्दा ट्यालेन्ट केटा खोज्छन् । त्यसैले केटाहरूले आफूलाई प्रतिभासम्पन्न गराउन जरुरी छ ।
अचेलका केटीले आफूले संगत गर्ने केटा प्रतिभाशाली, बहादुरी, ऊबाट केही नयाँ कुरा सिकूँ र आफूलाई हरेक कुरामा गाइड गरोस् भन्ने चाहन्छन् । गुड लुक भएको केटा प्रतिभावान भएन भने त्यो आकर्षण बिस्तारै विकर्षण हुँदै जान्छ । युवाहरूले आफूलाई प्रतिभाशाली बनाउनुपर्छ ।



४. नम्र स्वभाव, मीठो बोली

नम्र स्वभावको मीठो बोल्ने केटाप्रति केटी झट्टै आकषिर्त हुन्छन् । नरम स्वभाव र मीठो बोल्ने युवकप्रति युवती आकषिर्त भएको हामी सबैले देखेकै छौँ । जतिसुकै तनाबमा पनि मीठो बोल्ने केटाका केटीसाथी धेरै हुन्छन् ।
मीठो बोल्ने, तर केटी भनेपछि लजाएर कालो-नीलो हुने, खुलेर कुरा गर्न नसक्ने केटाप्रति केटी छिट्टै विकषिर्त हुन्छन् । केटीसामु निकै कन्पिmडेन्ट भएर बोल्नुपर्छ । केटीहरूले सम्मानित भाषा मन पराउँछन् । उनीहरूलाई आदर, सम्मान गरेर बोल्नुपर्छ । भनिन्छ नि, बोल्नेको पिठो पनि बिक्छ । केटी आकर्षण गर्ने मामलामा पनि यो उखान लागू हुन्छ ।

५. चासो लिने

केटीहरू केटाले आफ्ना हरेक कुरामा ख्याल गरोस् भन्ने चाहन्छन् । कुनै केटीसँग परिचय भएपछि उनको बारेमा बढीभन्दा बढी जिज्ञासा राख्ने, कहाँ बस्ने, के काम गर्ने, रुचि के छ ? कस्तो साथी मनपर्छ भन्नेजस्ता सबै कुरा रुचिपूर्ण तवरले सोध्नुपर्छ ।
छुट्टएिपछि पनि कहाँ छौ, के गर्दै छ्यौ, डिनर भयो ? भन्नेलगायतका हरेक कुरामा चासो दिनुपर्छ । आफू र आफ्नो रुचिका बारेमा पनि बताउनुपर्छ । कुनै पनि प्रसंगमा नारीजातिप्रति नकारात्मक अर्थ लाग्ने कुरा गर्नु हुदैन । अर्काको कुरा काटेर आफू ठूलो बन्ने कोसिस गर्नु हुदैन ।

६. सहयोगी भावना

सामान्य परिचयमै पनि सहयोगी भावना देखाउन सकिन्छ । युवती कुनै समस्यामा परेकी छ भने सहयोग गर्न आफू हरदम तत्पर हुनुपर्छ । जो-कोहीले पनि आफ्नो साथीबाट दुःख-सुखमा सहयोगको अपेक्षा राख्छ । अरू केही गर्न नसकेपछि सहानुभूति र सल्लाह दिएर पनि सहयोग गर्न सकिन्छ ।
हल्का चिनजान भएकी युवतीलाई पनि परेको वेलामा सहयोग गर्‍यो भने उनको मन पग्लन बेर लाग्दैन । त्यसकारण सबै युवाले आफूमा सहयोगी भावना जागृत गराउनुपर्छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


आजका पत्रपत्रिकाबाट - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ