स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

बंगलामुखीमा विस्फोट

कान्रतिपुरबाट

काठमाडौं, (दैनिकी)

सडकछेउ मान्छेहरू रक्ताम्मे थिए । गाडीमा आगो लागेको थियो । झुरुप्प मान्छेको हूल त्रसित अनुहारमा चनाखो भएर यताउता हेरिरहेको थियो । अवस्था देख्दा जोसुकैले भन्न सक्थ्यो, यहाँ भरखरै बम पड्केको रहेछ । र, यी सब त्यही प्रहारबाट घाइते भएछन् ।

दृश्य कतिसम्म बीभत्स थियो भने कसैको टाउको फुटेको थियो । कसैको जीउ थिएन । कसैको खुट्टा चुँडिएको थियो । र, कसैको आन्द्राभुँडी नै छरिएको थियो । सडकछेउ सबै छटपटाइरहेका थिए । पैदलयात्री तथा सवारीमा रहेकाले आत्तिँदै यी दृश्य हेरिरहेका थिए ।

'आबुइ, कस्तो डरलाग्दो,' छेउबाटै हिँडेकी एउटी स्कुले किशोरीले भनिन्, 'कस्तरी बम पड्केको ?' नाङ्लो पसल गरेर बस्ने एउटी महिलाको अनुहार रगतले छोपिएको थियो । सत्तलबाट अर्की महिला यी सब दृश्य हेर्दै थिइन् ।

सडक जाम भयो, दिक्कलाग्दो गरी हर्न बज्यो । 'छोड् दे छोड् दे, जान दे,' सडकमा हुन लागेको सवारी जाम मिलाउन कोही करायो, 'छिटो बाटो काट्नुस्, छिटो ।'

दिनभर ललितपुरको बंगलामुखी नजिक नागबहाल बाहिरको सडकको यो दृश्य हेर्नेको भीड लाग्यो । जलेका दुई गाडी, नमीठो गन्ध छोडेर उडिरहेको टायरको धूवाँ, घरी धुम्म र घरी चहकिलो हुने घामको प्रकाशले सडक छेउका पसल बन्द झैं भए । बेला-बेला सडक ठम्प हुन्थ्यो ।

'साँच्चै बम पड्केको होइन रहेछ,' रक्ताम्मे सुवर्ण थापालाई नायिका माल्भिका सुब्बाले सुमसुम्याएको दृश्य कैद गरेको देखेपछि ती किशोरी बोलिन्, 'के फिल्म हो ?'

'गुडबाइ काठमाडौं,' छेवैको कोही बोल्यो । नजिकैका एक वृद्धले दृश्य देखेपछि भने, 'पहिले यसै गरी बम पड्केर मान्छे मर्थे ।' ललितपुरका यी स्थानीयले बम पड्केको कहिल्यै देखेनन् तर त्यसको कल्पना भने गरेका रहेछन् ।

भीडबीच हस्याङफस्याङमा थिए निर्देशक नवीन सुब्बा । उनी छत्रे टोपी घरी फुकाल्दै र घरी लगाउँदै थिए । घाम लाग्थ्यो, क्यामेराम्यान चेरी दृश्य कैद गर्न जुरुक्क उठ्थे । कसैले क्ल्याप बजाउँथ्यो । माल्भिका, कर्मा, सौरम, सुवर्ण अभिनयका लागि तयार हुन्थे । घाम जान्थ्यो छायांकन केही बेरलाई रोकिन्थ्यो ।

'नेपालमा हिंसा सुरु भएको दृश्य हो,' सुब्बाले कान्तिपुरसँग भने, 'द्वन्द्वले नेपाली युवामा कस्तो प्रभाव पार्‍यो भन्ने चलचित्रमा देखाउन खोजेको छु ।' 'गुडबाइ काठमाडौं' सुटिङको मंगलबार महिनादिन पुगेको थियो । उनका अनुसार करिब २० प्रतिशत काम सकिएको छ ।

'आजको दृश्य,' मंगलबारको सुटिङबारे उनले भने, 'अमेरिकाबाट आइटी पढेर फर्केको युवा आकस्मिक रूपमा विस्फोटमा पर्छ ।' फिल्ममा सुवर्णको मुख्य भूमिका छ र उनको नाम छ अमर शर्मा । फिल्मले युवाको अवसर खोजीको विषय पनि समेटेको छ । 'सकेजति राम्रो गर्न खोजेको छु,' उनले भने ।

फिल्ममा मंगल बज्राचार्यको भूमिका निर्वाह गरिरहेका कर्मा साथीहरूसँगै घुमिरहेका बेला माल्भिकाले विद्रुप भएर सुवर्णलाई काखमा लिइरहेको दृश्य देख्छन् । उनीसँगै ड्रम बजाउने स्टिक बोकेर हिँडेका छन्, सौरमराज तुलाधर । टोलाएर बमले घाइतेहरूलाई हेरिरहेको कर्मालाई उनी छिटो भाग्ने सल्लाह दिन्छन् ।

'हिजो पनि घाम नलागेर सुटिङ गर्न सकिएन,' निर्मातामध्येका पदम सुब्बाले छेवैमा बसेर सुनाए, 'आज पनि साँझ पर्न लाग्यो ।' उनका अनुसार सोमबारै सेट तयार गरिएको थियो । भाडामा दुइटा पुराना गाडी ल्याएर सिसा फुटाइएको थियो । र, पेट्रोल छर्केर आगो लगाइएको थियो ।

'फिल्ममा द्वन्द्वकालीन समयको चित्र देखिने छ,' निर्देशक सुब्बाले सुनाए, 'अझै धेरै यस्ता दृश्य खिच्नै बाँकी छ ।' त्यतिबेला उनका सहयोगीहरू चाहिँ सामान प्याक गर्दै थिए, कलाकारको शरीरमा लागेको रातो दाग पुछिदिँदै थिए ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


आजका पत्रपत्रिकाबाट - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ