स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

दस करोड डलर अपचलन गरेको ठहर

कान्तिपुरबाट

काठमाडौ, फाल्गुन २१

राजस्व अनुसन्धान विभागले चीनबाट ऊनलगायत सामान आयात गर्ने नाउँमा विभिन्न सात र्फमले १० करोड अमेरिकी डलर (झन्डै साढे सात अर्ब रुपैयाँ) अपचलन गरेको ठहर गरेको छ । विभागले पहिलो चरणमा ३ करोड २६ करोड डलर अपचलन गरेको अभियोगमा न्यू दाहाल बिजनेस इन्टरप्राइजेजका सञ्चालक र त्यसमार्फत् अवैध कारोबार गर्ने व्यवसायीहरूविरुद्ध शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको जानकारी स्रोतले दिएका छन् ।

विभागले झन्डै दुई महिनाभन्दा लामो अनुसन्धानपछि न्यू दाहाल बिजनेस इन्टरप्राइजेजबाट ३ करोड २६ लाख डलर, न्यू टिना इन्टरप्राइजेजबाट झन्डै ३ करोड, बाँकी अरू व्यापारिक र्फमबाट गरी करिब १० करोड डलर वैदेशिक मुद्रा अपचलन भएको फेलापरेको जानकारी विभागका अधिकारीले दिए ।

ऊन आयातका लागि त्यति ठूलो रकम चीनमा गए पनि उनीहरूबाट कत्ति पनि सामान नआएको उल्लेख गर्दै पहिलो चरणमा न्यू दाहाल बिजनेस इन्टरप्राइजेजमार्फत् अपचलनका अभियुक्तविरुद्ध मुद्दा दायर गर्ने निर्णय भएको ती अधिकारीले बताए । सामान आयातै नभएकाले एलसी (प्रतीतपत्र) मार्फत् १० करोड डलर बाहिरिँदासमेत मुलुकलाई एक पैसा पनि राजस्व उठेको छैन ।

अधिकारीका अनुसार चीनबाट ती सामान आयातका नामका सवा तीन करोड डलर अपचलन गरेकामा न्यू दाहाल इन्टरपाइजेजका नारायण पौडेल, पद्मबहादुर राउत, सुमन पौडेलगायतविरुद्ध ३ वर्ष कैद र बिगोको तीन गुना बढी जरिवाना गर्न माग गर्दै मुद्दा दायर गरिनेछ । वैदेशिक मुद्रा अपचल ऐनमा करोडभन्दा बढी अपचलन गर्नेलाई ३ वर्ष कैद हुने र बिगोको तीन गुना बढी जरिवाना हुने व्यवस्था छ ।

विभागले ती अभियुक्तबाट सवा तीन करोड डलर (साढे २ अर्ब रुपैयाँ) बिगो र बिगोको तीन गुना सवा सात अर्ब जरिवाना गरी करिब १० अर्ब रुपैयाँ असुल गर्नुपर्ने ठहर गरेको छ । अभियुक्तमध्ये नारायण पौडेलमात्र थुनामा छन्, बाँकी सबै फरार छन् ।

बयानका क्रममा पौडेलले केही पनि नबताएकाले अरू अभियुक्त पक्राउ गर्न नसकिएको विभागका अधिकारी बताउँछन् । पौडेल सिन्धुपाल्चोक फुल्पिङकट्टीका बासिन्दा हुन् । उनी र परिवारका नाममा राजधानीमा अर्बौंको जग्गाजमिन छ । विभागले छानबिन क्रममा फुल्पिङकट्टीमा उनका बाबुको नाममा रहेको सबै जग्गा रोक्का राखेको छ ।

पौडेलले राउतका नाममा रहेको न्यू दाहाल इन्टरप्राइजेजबाट कारोबार गरेका हुन् । राउत भने व्यवसायी होइनन् । पौडेललगायतले उनलाई केही पैसा दिई र्फम दर्ता गर्न लगाएर त्यसमार्फत् कारोबार गरेको निष्कर्ष विभागको छ । पौडेलसँगै उनको कारोबारमा ३ भाइ ध्रुव, राज, बच्चु र भतिज सुमन संलग्न थिए । त्यसमध्ये सुमनमात्र फरार छन् । पौडेल सुरुमा खासामा व्यापार, त्यसपछि रक्त चन्दनको कारोबार, त्यो पनि बन्द भएपछि वैदेशिक मुद्राको अपचलनमा लागेको दाबी विभाग स्रोतको छ । पौडेल पक्राउ परेपछि उनका तीनै भाइले पहिलेको मिति (ब्याक डेट) मा छुट्टाभिन्न भएको कागजपत्र मिलाइसकेको शंका स्रोतले गरेको छ ।

ती अभियुक्तले न्यू दाहाल बिजनेस इन्टरप्राइजेजका नाममा चालू आवमा हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकबाट पटकपटक ड्राफ्ट र टिटी बनाएर सवा तीन करोड डलर झिकेर हङकङ पुर्‍याएका थिए । पौडेललगायत अभियुक्तले ऊन झिकाउने नाममा बैंकबाट एकैपटकमा ४९ हजार डलरसम्म झिकाएका थिए । तर, चीनबाट एकपटकमा १५ हजार डलरभन्दा बढीको ऊन आयात गर्न नसकिने विभागका अधिकारी बताउँछन् ।

ती अधिकारीका अनुसार र्फमले हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकमा यसै वर्ष पटकपटक एलसी खोली ड्राफ्ट र टिटी बनाएर डलर हङकङ पुर्‍याउने गरेका थिए ।

ती र्फममार्फत् व्यवसायीले भन्सार प्रज्ञापनपत्र, चीनबाट सामान खरिद आयात गरेको, नेपालमा भन्सार तिरेको रसिद सबै नक्कली बनाएर बैंकबाट भुक्तानी लिई वैदेशिक मुद्रा अपचलन गर्ने गरेका छन् ।

उनीहरूले भन्सार कार्यालयको नक्कली लेटर प्याड र छापसमेत प्रयोग गरी भन्सार प्रज्ञापनपत्र, नेपालमा भन्सार तिरेको रसिद बनाउने गरेका थिए ।

नियमअनुसार चीनबाट सामान आयात गर्न जारी ड्राफ्ट या टिटीको रकम चिनियाँ बैंकमा जम्मा गर्नुपर्छ, तर ती अभियुक्तले अवैध रूपमा सोझै हङकङमा लगेर ड्राफ्ट या टिटीको रकम साट्ने गरेको प्रमाण विभागले भेट्टाएको छ ।

विभागले जम्मा ३ लाख रुपैयाँको पुँजी भएको र्फमबाट सवा दुई अर्ब रुपैयाँभन्दा कारोबार हुँदा पनि त्यसमा शंका गरी सम्बन्धित सरकारी निकायलाई सूचित नगर्नुमा बैंकको समेत गम्भीर कमजोरी रहेको ठहर गरेको छ । विभागले सानो र्फममार्फत् त्यति ठूलो मात्रामा वैदेशिक मुद्रा अपचलन हुँदा पनि रोक्नका लागि आफ्नातर्फबाट पहल नगरेकामा बैंंक जिम्मेवार अधिकारीलाई नसिहत दिन र अब आइन्दा त्यस्तो गल्ती दोहोरिन नदिन राष्ट्रबैंकलाई सिफारिस गर्ने भएको छ । 'वाणिज्य बैंकहरूबीचको बढ्दो अस्वस्थ प्रतिस्पर्धाले वैदेशिक मुद्रा अपचलनमा सहयोग पुगेको हो,' एक अधिकारीले कान्तिपुरसँग भने ।

विभागले वाणिज्य बैंकहरूलाई राष्ट्र बैंकमार्फत् गरिनुपर्ने अनुगमनमा गम्भीर कमजोरी रहेको औंल्याउँदै अनुगमनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयमार्फत् आवश्यक नीतिगत सिफारिससमेत गर्ने भएको छ । त्यति ठूलो मात्रा वैदेशिक मुद्रा अपचलन हुनुमा राष्ट्रबैंकको चीनसितको सामान आयात गर्दा दिइने 'क्रेडिट सिलिङ' (कर्जा सीमा) समेत कारक रहेको निष्कर्ष विभागको छ ।'चीनसितको व्यापारमा एकपटकमा १५ हजार डलरभन्दा बढीको 'क्रेडिट सिलिङ' (कर्जा सीमा) मात्र भए पुग्छ, तर राष्ट्र बैंकलाई व्यापारिक र्फमलाई चीनसितको व्यापारमा ५० हजारको डलरको क्रेडिट सिलिङ दिएको छ । त्यही सीमाका कारण न्यू दाहाल इन्टरप्राइजेजले एकपटकमा ४९ हजार डलरसम्मको सामान मगाएको देखिएको छ,' स्रोतले भने ।

तीन/तीन करोडभन्दा बढीको कारोबार गर्ने दुवै र्फम न्यू दाहाल बिजनेस इन्टरप्राइजेज पर्साका र न्यू टिना इन्टरप्राइजेजका सञ्चालक सामान्य हैसियतका छन् । न्यू दाहाल इन्टरप्राइजेजका राउत पर्साका तथा न्यू टिना सोलुखुम्बुका लालबहादुर गुरुङको नाममा दर्ता छ ।

वैदेशिक मुद्रा अपचलन गर्ने पौडेललगायत व्यवसायीले ती दुवैका नाममा रहेको र्फम तथा हिमालयन र इन्भेस्टमेन्टबाहेक अरू बैंकसमेत उपयोग गरेका हुन् । र्फमका खास सञ्चालक एकपटकभन्दा बढी बैंकमा नआएको बैंक अधिकारीले विभागलाई जानकारी गराएका छन् । 'एक जना सञ्चालक पर्यटकीय भरियाको काम गर्छन्, हामीले बुझ्दा उनी अहिले पर्यटकसित मनाङमा रहेको पाइयो,' एक अधिकारीले भने ।

उनका अनुसार एउटा र्फमले राजधानीको सामाखुसी कार्यालय छ भनेको त्यहाँ हेर्न जाँदा पाइएन । उनीहरूले दिएको फोन नम्बरसमेत अर्कैको भएको पाइएको छ । वाणिज्य विभागले र्फम सञ्चालकको कति सम्पत्ति, कर तिरेको कागज, घर नं., वास्तविक फोन नै नभई दर्ता गरिदिने गरेकाले अभियुक्तलाई खोज्न नसकिएको राजस्वका अधिकारी बताउँछन् । दुवै र्फमका सञ्चालक भेटिएका छैनन् ।

विभागले वैदेशिक मुद्रा अपचलन भएको शंकामा गोप्य रूपमा छानबिन गरिरहेका बेला पौडल महिनाअघि इन्भेस्टमेन्ट बैंकमा १ लाख डलर निकाल्न गएका समयमा पक्राउ परेका थिए । उनी पक्राउ पर्नासाथ अरू व्यवसायी फरार भएका हुन् । वैदेशिक मुद्रा अपचलनको आशंकामा परेका खासाबाट सामान आयातनिर्यातको व्यापार गर्दै आएका दुई व्यापारी विष्णु श्रेष्ठ र लोप्सङ शेर्पासमेत फरार भएका छन् । विभागले उनीहरूले पनि अपचलन गरेको हुन सक्ने आशंकामा छानबिन अघि बढाएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


आजका पत्रपत्रिकाबाट - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ