स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

निर्वाचनमा फोटो हेरेर मतदान गर्न पाउने

दशरथ घिमिरे लमही २७ फागुन

दाङको चैलाही गाबिसका नागरीकहरुले निर्वाचनमा आफ्नो फोटो हेरेर बिद्युतिय उपकरण मार्फत मतदान गर्न पाउने भएका छन। निर्वाचन आयोगले पहिलो पटक प्रयोगमा ल्याउन लागेको फोटो सहितको मतदान प्रणालि गाबिसमा सञ्चालनमा आएपछि गाबिस वासिले फोटो हेरेरै मतदान गर्न पाउने भएका हुन। धादलि रहित निर्वाचन गराउने प्रमुख उदेश्य लिएर दाङ सहित नेपाल भरका पाचँ जिल्लामा यस किसिमको प्रणालि अनुसार मतदान गर्ने ब्यबस्था मिलाउने भएको हो। मतदान लाई सहयोग पुर्‍याउने तयारी अनुसार चैलाही गाबिसमा फोटो सहितको मतनामावलि तयार पार्ने कार्य सुरु भएको छ।

जिल्ला निर्वाचन आयोगले देशका बिभिन्न पाचँ जिल्लामा सुरु गरेको फोटो सहितको मतदाता नामावलि तयार पार्ने काम सुरु भएको गाबिस सचिव बुद्धिमान चौधरीले जानकारी दिनु भएको छ। बिहिबार देखि गाबिसका सम्पुर्ण वर्डाहरुमा गएर छनौटमा परेका शिक्षकहरुले मतदाता नामावलि संकलन गर्ने उहाँले बताउनु भयो। जसका लागि ३० जना शिक्षक लाई नामावलि संकलनका लागि खटाईएको छ। सो कार्यको अनुगमनका लागि तिन जना सुपरिबेक्षक खटाइएको छ। नामावलि संकलन कार्य दश दिन सम्म चल्ने छ भने त्यसपछि मतदाताको फोटो खिच्ने कार्य थालिने जिल्ला निर्वाचन कार्यालय दाङका अधिकारी भेषराज रिजालले जानकारी दिनु भयो।

फाटो सहितको मतदान प्रणालि दाङ जिल्लाको चैलाही,काठमाण्डौं को सिता पाईला र रामकोट, डढेलधुराको जोगबुढा, रुपन्देहिको संकट नगर र सोलुखुम्बुको सल्लेरी र सल्याण गाबिसमा सुरु भएको छ। पहिलो पटक सुरुहुन लागेको फोटोसहितको मतदान प्रकृयाले निर्वाचनका क्रममा हुने गरेको धादलिलाई रोक्न सक्ने बिश्वास गाबिस वोर्ड सदस्य बिरबहादुर केसिको छ। हुनेगरेका बिवाद र सम्भाबित समस्या समाधान हुने बिश्वास लागेको छ उहाँले भन्नु भयो।
साथै अर्का सदस्य ओमप्रसाद सुबेदिले पनि निर्वाचनका क्रममा गैर मतदाता हरुलाई रोक्न सकिने बताउनुहुन्छ। फोटो हेरेर मतदान गर्न दिने भएकाले यो कार्य रोकिन जान्छ उहाँले भन्नु भयो। मतदाता ले नामावलि टिपाउदा फोटो र औंलाको छापा पनि संगै दिनुपर्ने ब्यबस्था मिलाइएको छ। मतदाताको वास्तबिक पहिचान गर्न र नामावलि दोहोरीने भएकाले फोटो र औंलाको छापा लिने गरीएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ