स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

हत्याको विरोधमा चक्काजाम

भद्रपुर, २७ फागुन (दैनिकी)

चालकको हत्याको विरोधमा स्थानीय सुरुङ्गा बजार बिहीबार बिहानैदेखि स्थिति तनावग्रस्त बनेको छ। आक्रोसित यातायात मजदुरहरूले अनिश्चितकालका लागि सार्वजनिक यातायात सेवा ठप्प गरी मृतक चालकको शव पूर्व–पश्चिम महेन्द्र राजमार्गको सुरुङ्गाखण्डमा राखेर नाराबाजी गरिरहेका छन्। बिहेका लागि भाडामा लगिएको मे १ ख १८३५ नम्बरको बसका चालक ३५ वर्षीय शेरबहादुर मगरलाई केही जन्तीले बुधबार साँझ सुरुङ्गामा कुटपिट गरी गंभीररुपमा घाइते बनाएका थिए। घाइते चालकको उपचारको क्रममा मृत्युभएपछि यातायात मजदुरहरू आक्रोशित भएका हुन्।
घैलाडुब्बाबाट बेहुला लिएर मोरङको गोविन्दपुर–१ गइरहेको उक्त गाडीको हुटमा केही युवकहरू बसेका तथा उनीहरूलाई चालकले उत्रन भनेपछि विवाद भएको थियो। विवाद बढ्दै गएपछि हातहालाहाल भएको र ती युवकले चालकलाई मरणासन्न अवस्थ्ाामा पुर्‍याएका प्रहरीले जनाएको छ। चालक हत्याको अभियोगमा प्रहरीले घैलाडुब्बा गाउँ विकास समिति–६ का सजन सिटौला, सोही ठाउँ बस्ने विपिन शर्मा र वडा नं. ७ का डम्बर मिश्रलाई पक्राउ गरेको छ।
यसैबीच, चालकको मृत्युको खबर सुन्ने वित्तिक्कै आक्रोसित स्थानीय यातायात मजदुरहरूले प्रहरी चौकीमा ढुङ्गामुढा तथा आगजनीको प्रयास गरेका थिए। आक्रोसित यातायात मजदुरहरूले मृतक चालकलाई सहिद घोषणा गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारको पालनपोषण गर्नुपर्ने माग गरेका छन्। ती माग पूरा नभएसम्म सडक अवरुद्ध पारिरहने दृढता उनीहरूले व्यक्त गरेका छन्।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ