स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

चीनमा संवाददाता हुनका लागि नयाँ मापदण्ड

पत्रकारिता क्षेत्रमा प्रवेश गर्न सामाजवादी सिद्धान्त र समाचारबारे मार्क्सको दृष्टिकोण सिक्नुपर्ने

बेइजिङ, २७ फागुन (दैनिकी)

चीनले संवाददाता हुन चाहने व्यक्तिहरुका लागि नयाँ परिचयपत्र दिने व्यवस्था लागू गर्दै उनीहरुले पूरा गर्नु पर्ने मापदण्डलाई कस्सिलो बनाउँदैछ। यो पद्धति मुताबिक हरेक संवाददाताले अरु ज्ञानको अतिरिक्त मार्क्सवादी र कम्युनिस्ट सिद्धान्तहरुसम्बन्धी तालिम लिएको हुनुपर्नेछ। छापाखाना र प्रकाशन विभागका उप महानिर्देशक ली दोङ दोङले चिनियाँ पत्रकारहरुसँग उपयुक्त तालिम नहुँदा चिनियाँ पत्रिकारिताको लोकप्रियता घटेको बताएको साउथ चाइन मर्निङ पोस्टले बिहीबार जनाएको छ। तर तिनले खास दृष्टान्त भने दिएनन्।
पत्रकारहरुका लागि चाहिने नयाँ योग्यताको यो परिपाटीले पत्रकारिता र सञ्चार आचारसंहितालाई समाजवादी र माक्सवादी दर्शनसँग जोड्नुपर्छ भन्ने आवश्यकतालाई सुनिश्चित गर्नेछ। लिलाई उद्धृत गर्दै सिन्ह्वा समाचार संस्थाले भनेको छ— पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहने कमरेडहरुले चिनियाँ विशेषता बोकेका सामाजवादी सिद्धान्त र समाचारबारे मार्क्सको दृष्टिकोण सिक्नुपर्नेछ। यस अतिरिक्त उनीहरुले सञ्चार आचारसंहिता र समाचार एवं सस्ता प्रचारबाजीमा कम्युनिस्ट पार्टीको अनुशासन पनि बुझ्नुपर्नेछ।
कम्युनिस्ट सिद्धान्तको पत्रकारिता कम्युनिस्ट नेतृत्वको सहयोगी बन्नु पर्छ र उनीहरुको सत्प्रयासलाई अवमूल्यन गर्नुहुँदैन भन्छ। धेरैजसो प्रजातान्त्रिक मुलुकहरुमा संवाददाताहरुले सरकारको एक स्वतन्त्र पहरेदार बन्ने मोडललाई अङ्गीकार गर्दैआएका छन्। रासस/एपी





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ