स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

११ जिल्ला बर्डफ्लुको उच्च जोखिममा

मकवानपुर, २७ फागुन (दैनिकी)

मध्यमाञ्चल विकास क्षेत्रका ११ जिल्ला बर्डफ्लुको उच्च जोखिममा रहेको सम्बद्ध निकायका प्रतिनिधिले बताएका छन्। क्षेत्रीय पशु सेवा निर्देशनालयका अनुसार मकवानपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन काठमाडौँ, भक्तपुर र ललितपुर बर्डफ्लुको उच्च जोखिममा रहेका छन्। बर्डफ्लु नियन्त्रणका लागि क्वारेनटाइन प्रहरीको समेत माग गरेका छन्। बर्डफ्लु जोखिम नियन्त्रणको क्षेत्रमा क्रियाशील सरोकारवालाले छुट्टै प्रहरी क्वारेन्टाइनको माग गरेका हुन्। बर्डफ्लुको सम्भावना भएका क्षेत्रमा नियमित चेकजाँच तथा अनुगमनका लागि जनशक्ति नभएकाले छुट्टै क्वारेन्टाइन प्रहरीको माग गरिएको पशु क्वारेन्टाइन काठमाडाँका प्रमुख डा. भरतबहादुर खड्काले बताउनुभयो। जनशक्ति अपर्याप्त भएका कारण भनेजस्तो कार्यसम्पादन गर्न नसकिएको स्वीकार गर्दै उहाँले दुईजनाले २४ घण्टा काम गर्न सम्भव नदेखिएको बताउनुभयो।
मुलुकभर २५ वटा क्वारेन्टाइन चेकपोस्ट रहेको जानकारी दिँदै चेकपोस्ट थप्नुपर्ने र त्यसो भएमा बर्डफ्लु नियन्त्रणमा सहयोग पुग्ने उहाँको भनाइ छ। उच्च, जोखिम र कम जोखिममा परेका जिल्लालाई सरकारले रणनीतिकरुपमा कार्यक्रम सञ्चालन गरेको क्षेत्रीय पशु निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे र सिन्धुलीलाई मध्यजोखिममा वर्गीकरण गरेर सोहीअनुसार बर्डफ्लु नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको छ। त्यसैगरी दोलखा, रसुवा र रामेछापलाई न्यून जोखिमको क्षेत्रमा राखिएको छ। क्षेत्रीय निर्देशनालयका निर्देशक डा. दिनेश पराजुलीले बर्डफ्लु भित्रिन नदिन सीमा क्षेत्र, पशु हाटबजार तथा सीमसार क्षेत्रमा निगरानी र सतर्कता बढाइएको बताउनुभयो। रासस





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ