स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

चिकित्सक अभावका कारण बिरामीहरु मारमा

रोहित कुमार मण्डल लहान, २७ फागुन

सिराहा जिल्ला अस्पतालमा चिकित्सकहरुको अभावका कारण सेवाग्राही जनता छिमेकी मुलुक भारतको जयनगर, दरभंगा लगायतका ठाउँमा बिरामी लिएर जान थालेपछि अस्पतालका शैय्या बिरामी विहीन बन्न पुगेको छ। १५ शैय्याको उक्त अस्पतालमा तीन जना चिकित्सकहरुको दरबन्दी रहेपनि अहिलेसम्म १ जना चिकित्सक मात्र कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ। तर उहाँले पनि अधिकांश समय अस्पताल बाहिरै रहन थालेपछि बिरामीहरु उपचार नपाउँदा छाडेपछि उपचारको लागि बिरामीहरु अन्यत्रै जान थालेका हुन्।
सिरहा सदरमुकामसहित ग्रामीण क्षेत्रका बिरामीको चाप रहने उक्त अस्पतालमा दरबन्दी रहेका चिकित्सकहरु अहिलेसम्म हाजिर नभएको बताईन्छ। स्थायी दरबन्दीका चिकित्सकहरु नआएपछि अस्थायी चिकित्सकद्वय नागेन्द्र प्रसाद यादव र विष्णुदेव मण्डलद्वारा बिरामीहरुको उपचार भईरहेको छ। अस्पतालमा कार्यरत अ.हे.व.नरेश यादवले अस्थायी चिकित्सकहरु पनि मन लागेको बेला मात्र आउने गरेकोले बिरामीलाई उपचार गर्न समस्या परेको बताउनुभयो।
बिरामीहरुले उपचार सेवा पाउन त छाडे नै, अस्पताल परिसर पनि दुर्गन्धित हुन थालेपछि आक्कल झुक्कल आउने बिरामीहरु पनि अस्पतालको दुर्गन्धले झन् बिरामी पर्ने गरेको स्थानीय दिलिपकुमार पासवानले बताए। अहिले अस्पताल परिसरमा वर्षाको पानी जमेर फोहोर भएको छ भने नियमित सरसफाईको अभावमा शौचालयहरु समेत फोहोरले दुर्गन्धित भएका छन्।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ