स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

चामल बोकेर आलुको खोजिमा

मन्थली, २७ फागुन (दैनिकी)

दोलखा डाँडाखर्ककी सीता थापा आलुको खोजिमा बोराभरी चामल बेकेर शैलुङको लेकमा पुगेकी छिन्। …बिहानै हिँडेको बल्ल आइयो, डडुवाको घलेगाउँ पुगेकी सीताले भनिन् अब यहाँबाट आलु बोकेर झर्छु।' गाउँमा आलुको उत्पादन नहुँदा डाँडाखर्कका बासिन्दा वर्षौंदेखि घलेडाँडामा पुगेर अन्नसँग आलु साटेर ल्याउने गर्छन्। …मैले १४ वर्षदेखि धानसँग आलु साट्दै आएकी छु' सीताले भनिन् आलुको स्वादले उकालेा ओरालो गर्दैमा हैरान भइसकियो।
घलेडाँडामा आलुबाहेक अरु अन्न थोरै उत्पादन हुन्छ, यही साटेको भरमा हामीले चामलको भात खान पाएका छौँ स्थानीय लालबहादुर श्रेष्ठले भने– डाँडाखर्क र मेलुबाट अन्न आएन भने हामीलाई चाड मान्न पनि बजारको चामल किन्नु पर्ने अवस्था छ। उता मध्यपहाडी क्षेत्रमा पर्ने मेलुङ डाँडाखर्क र मेडपु गाविसका बासिन्दालाई भने माथिकै आलुले पालेको छ।
यहाँ हरेक दिन यसरी नै आलुको लागि अन्न लिएर आउनेको लर्काे हुन्छ, लालबहादुरले भने– यिनीहरू धान,मकै, चामल गहुँ बोकेर आउँछन्, हामी आलु दिएर पठाउँछौँ। सिजनमा धान र आलु बराबरका हिसावले साट्ने चलन छ। तर अफ सिजनमा चामल र आलु बराबरीमा साटछौँ।

अचम्मको कुरा के छ भने घलेडाँडाका बासिन्दा अन्नको लागि आलु बोकेर कहिल्यै ओरालो लाग्दैनन्। हामी जाँदैनौँ, उनीहरूनै आउने चलन छ, स्थानीय चन्द्रवहादुर श्रेष्ठले भने– परम्परादेखि यसरीनै चलेको छ।

डढुवाको घलेडाँडा मात्र होइन यो गाउँ आसपासका छाँगा र गुफामा पनि आलु साट्नका लागि अन्न लिएर लाम लाग्नेको भीड लाग्छ।

डडुवा ९ को घलेडाँडामा आलुबाहेक केही मात्रामा मकै र गहुँ फल्छ । तर यो गाउँका सबै ३५ घरमा धान र चामलको भकारी छ। धान चामलको भकारी देखउँदै स्थानीय अम्वरबहादर श्रेष्ठले भने तलबाट अन्न नआएको भए यो भकारीमा अहिले आलुमात्र हुन्थ्यो।
घलेडाँडा आलुको भण्डार हो। यो गाउँका प्रत्येक घरमा सिजनमा ४० देखि ५० मुरी आलु हुने गर्छ। तर सडक सुविधा नहुँदा आलुको बिक्रीमा समस्या हुँदैआएको छ । अहिले पनि यहाँको प्रत्यक घरमा ३० मुरी जति आलु छ। स्थानीय अम्वर श्रेष्ठले भने–बोकाउने ज्याला बढी भएकाले आलु त्यसै राख्नु परेको छ। उक्त गाउँका आलु दोलखाको ढुङ्गेबजारसम्म लानु पर्ने बाध्यता छ। एक खेप आलु बजारमा लगेर घर फर्कंदा दिन जाने भएकोले आलुको भाउ ज्याला दिँदैमा ठीक हुने स्थानीयवासीको गुनासो छ।
आलु त हुन्थ्यो तर बजार भएन। गाउँलेहरू भन्छन्– यहाँ सडक आइदिए हामीलाई बजारको टन्टा सकिने थियो। आलुकै लागि दोलखाको झोरदेखि गत वर्ष गाउँमा ल्याएको सडक वर्षाले क्षतिग्रस्त पारेपछि गाउँलेले काम लिन सकेका छैनन्। क्षतिग्रस्त सडक मर्मतका लागि करिब रु. तीन लाख लाग्ने अनुमान गाउँलेको छ। तर निर्माणका क्रममा सबैले पैसा हालिसकेकाले फेरि चन्दा उठाएर सडक मर्मत गर्ने आँट कसैलाई छैन। गाउँका अगुवा विकासे कार्यकर्ता लालवहादुर भन्छन्–जिल्ला विकासले हाम्रो समस्या हेरिदिए हुन्थ्यो।' रासस





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ