स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

सहज हुँदैछ चँदराको जीवन

डिएम चाम्लिङ राई/खोटाङ २८ फागुन

हातमा सीप र शरिरमा जोश भए पैसा कमाउनका लागि विदेशनै किन जानुपर्‍यो? आफूसंग भएका सीपलाई सदुपयोग गरेर मेहनत गरे पैसा कमाउन विदेश जानु नपर्ने खोटाङ जाल्पा ४, पुरानागाउँका हर्कबहादुर विक र सुखे विकले उदाहरण प्रस्तुत गरेका छन्। युवाहरु वेरोजगार भएर गाउँबाट वैदेशिक रोजगारीमा गएर दुःख पाएको, जेल परेको खबरहरु सुनिरहँदा उनिहरुभने वेरोजगार युवाहरुलाई गाउँमै बसेर केही सीपमूलक काम गर्न सल्लाह दिनेगरेका छन्। गाउँमै ठेका बनाएर वर्षोदेखि जीविका चलाउँदै आएका दुई वावुछोराले विदेश जाने दाजुभाईहरुलाई विदेशको लगानी स्वदेशमा गर्न सल्लाह दिन्छन्।

स्थानीय स्तरमा पाईने दार, चाँप, पयले, सादन लगायतका वनस्पतीहरुबाट ठेका बनाउने गरिन्छ। काठलाई आकर्षक रुपमा कुदेर बनाईएको ठेका दूध जमाउन, दहि बनाउन र महि पारेर घ्यू निकाल्न प्रयोग गरिने भएकाले उपयोगी मानिन्छ। स्थानीय रुपबाटनै उद्योग सञ्चालन गरि ठेका, कठ्वा, कुरुवा लगायतका समाग्री बनाउने गरिएको छ। यसरी बनाईएको समाग्रीहरु प्रति गोटा तीन सय देखि पाँच हजार रुपैया सम्ममा विक्रि गरिने हर्क विकले बताउनुभयो।

ठेकाबनाउने पेशा अंगाल्दै आएका चँदराले ठेका बनाएरनै जीविका चलाउँदै आएका छन्। वर्षौ देखि यहि पेशाबाट बाँचेका यी चँदराहरुले वार्षिक एक लाख भन्दा बढि आयआर्जन गर्नेगरेका छन्। अब दिनप्रतिदिन ठेका बनाउने पेशा हराउँदै गएको पाईन्छ। पुरानाहरुको वल घट्दै जानु, युवाहरु पेशाप्रति प्रतिवद्ध नहुँनु र जङ्गलमा यस्ता वहुमूल्य वनस्पती दार, चाँप, पयले, सादन मासिदै गएपछि ठेका बनाउने पेशा संङ्कटको घेरामा रहेको विकले बताउनुभयो। ठेका किन्नका लागि जिल्ला भित्र र बाहिरका ग्राहकहरु गाउने गरेका छन् तर ग्राहकको माग अनुसारको समाग्री तयार पार्न सकिएको छैन उहाँले भन्नुभयो। अहिले जिल्लाको जालपा, खोटाङबजार लगायतका ठाउँहरुमा ठेका बनाईने गरिएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ