स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

कम्बोडियाद्वारा राष्ट्रसङ्घमाथि आरोप

न्होम पेन, २८ फागुन(दैनिकी)

यसै हप्ता अनुमोदन गरिएको भ्रष्टाचार निवारण कानूनप्रति स्थानीय संस्थाहरुले चिन्ता व्यक्त गरेपछि कम्बोडियाले शुक्रबार राष्ट्रसङ्घमाथि आफ्ना घरेलु मामिलाहरुमा नाङ्गो हस्तक्षेप गरेको आरोप लगाएको छ। बिहीबार त्यहाँको संसदले भ्रष्टाचार निवारण सम्बन्धी एउटा कानूनलाई अनुमोदन गरेको थियो। यो कानूनको मस्यौदालाई जनसाधारण सामुन्ने वितरण गरेको केही दिनपछि नै संसदले पारित गरेपछि विपक्षीहरुले मस्यौदामा त्रुटि रहेको र थप बहस हुनुपर्छ भन्दै आएको थियो।
यसै हप्ता कम्बोडियामा कार्यरत राष्ट्रसङ्घीय कार्यालयले कानुन निमार्ण प्रक्रियामा “पारदर्शिता र सहभागिता” सुनिश्चित गर्न पर्याप्त समय दिइनु पर्ने भनाई सहित वक्तव्य जारी गरेको थियो। कम्बोडियाको विदेश मन्त्रालयले एक वक्तव्यमार्फत राष्ट्रसङ्घीय टोलीले आफ्नो अख्तियारी भन्दा बाहिर गएर काम गर्न नमिल्ने र राष्ट्रसङ्घकै एक सदस्य राष्ट्रको घरेलु मामिलामा नाङ्गो हस्तक्षेप गर्नु नहुने बतायो। वक्तव्यमा भनिएको छ– मानौं विपक्षी दलहरुकै प्रवक्ताको रुपमा गतिविधि गर्नबाट ऊ बचेर रहनुपर्छ। संसदले ८२ जना विधायकको मतबाट उक्त मस्यौदा कानूनलाई पारित गर्नुअघि विपक्षी दल साम रैन्सी पार्टीका सबै विधायकहरु मतदान वहिष्कार गरेका थिए।एएफपी





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


विदेश - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ