स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

रुसको स्थानीय निकाय निर्वाचनमा सत्तारुढ पराजित

मस्को, २ चैत (दैनिकी)

रुसको सत्तारुढ गठबन्धन यूनाइटेड रसियाले क्षेत्रीय निर्वाचनहरुमा आफ्नो अग्रता कायम गरे पनि थुप्रै ठाउँमा आर्श्चर्यजनक पराजय बेहोर्नु परेको छ । यो गठबन्धनले क्षेत्रीय विधायिकाहरुको केही चुनावमा आधा भन्दा बढी स्थानमा मात्र जित हात पारे भने र्इकुस्क साइबेरिया शहरको मेयर पद गुमाए । यो गठबन्धनको प्रमुख नेता प्रधानमन्त्री भ्लादिमीर पुटीन हुनुहुन्छ । रुसको केही क्षेत्रहरुमा मात्र आइतबार चुनाव गरिएको थियो । तर, चुनावी नतीजालाई क्रेमलिनमा बढ्दै गएको राजनीतिक तनावका कारण अधिकारीहरुले नजिकबाट नियालिरहेका छन् ।
खबरोस्क क्षेत्रको स्थानीय विधायिकामा यूनाइटेड रसियाले ४८ प्रतिशत मत पाएको छ । चीनसँग सीमाना जोडिएको यो क्षेत्र आर्थिक गतिविधिको केन्द्र मानिन्छ । येकातेरिवर्ग क्षेत्रको उराल आर्थिक केन्द्र समेटिएको स्भेलोस्कमा ४० प्रतिशत मात्रै मत खसे भने थोरै जनताको बसोबास रहेको यामालो नेनेट्स स्वायत्त क्षेत्रमा यो गठबन्धनले ८५ प्रतिशत मत हासिल गरे । यूनाइटेड रसियाका लागि अपत्यारिलो नतिजा र्इकुस्कले ल्याइ दियो । पाँच लाख जनसङ्ख्या रहेको यो शहरमा सत्तारुढ उम्मेदवारबाट कम्यूनिष्ट पार्टीले र्समर्थन प्राप्त उम्मेदवारले ६२ प्रतिशत मतसहित मेयर पद खोस्यो । विजेता भिक्टर कोन्डासोभको तुलनामा सत्तारुढ सेर्गेइ सेरेबेनिकोभले २७ प्रतिशत मात्र मत पाए । रुसको तल्लो सदनका सभामुख तथा सत्तारुढ गठबन्धनका वरिष्ठ नेता बोरिस ग्रिजलोभले यसअघि अक्टुबरमा सम्पन्न चुनाव भन्दा यस पटक कडा प्रतिस्पर्धा देखिएको स्वीकारे ।क्षेत्रीय तहमा भएको हारलाई हामीले स्वीकार्नु पर्छ र सच्याउन प्रयास गर्नुपर्छ - उनले भने । स्थानीय निर्वाचनमा यूनाइटेड रसियाको निकटतम प्रतिद्वन्द्वीको रुपमा कम्यूनिष्ट पार्टी देखा पर्‍यो र उसले मुख्य मुख्य ठाउँमा २० प्रतिशतको हाराहारीमा मत पायो । राष्ट्रवादी भनिने लिवरल डेमोक्रयाटिक पार्टी प्रख्यात नेता भ्लादिमीर झिरिनोभ्स्की तेश्रो स्थानमा देखा पर्यो ।एएफपी





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


विदेश - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ