स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

अमेरिकी कावा राजदूत पूर्वक्षेत्र भ्रमण

विराटनगर, ३ चैत(दैनिकी)

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत डोनाल्ड क्याम्पले नेपालको शान्ति प्रक्रिया राजनीतिक दलहरुबीच सहकार्य नभएसम्म सम्भव नहुने बताउनुभएको छ ।
उहाँले दलहरुबीच बढ्दै गएको दूरीलाई कम गर्न सहकार्य अनिवार्य रहेको उल्लेख गर्नुभयो । उद्योग सङ्गठन, मोरङद्वारा सोमबार राति आयोजित स्वागत कार्यक्रममा कावा राजदूत क्याम्पले नेपालको भूमि सुहाउँदो सङ्घीयताको ढाँचा ल्याउनु पर्नेमा जोडदिँदै राजनीतिक अस्थिरताका कारण नेपालको शान्तिप्रक्रिया सुस्त गतिमा बढेको गुनासो गर्नुभयो ।उहाँले एकीकृत नेकपा माओवादीले हिंसात्मक गतिविधि नत्यागेकाले उनीहरुलाई आतङ्ककारी सूचीबाट नहटाइएको जानकारी दिनुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष दिनेश गोल्छाले नेपाली उत्पादनलाई अमेरिकी बजारमा सहज एवम् सहुलियतरूपमा पहुँच गराउन कावा राजदूतसँग आग्रह गर्नुभयो । उहाँले मोरङका प्रमुख जिल्ला अधिकारी, पूर्वक्षेत्रका प्रहरी प्रमुखहरुसँग भेटी शान्तिसुरक्षाबारे जानकारी लिनुभएको थियो । साथै उहाँले पूर्वक्षेत्रको आर्थिक अवस्थाबारेमा पनि छलफल गर्नुभएको थियो ।कावा राजदूत क्याम्पले आज झापास्थित भूटानी शरणार्थी शिविरको निरीक्षण एवम् अवलोकन गर्नु हुने कार्यक्रम रहेको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ