स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

हरिहरपुर गोली काण्ड

अधिकारबादी संघ संस्थाद्वारा छानविनको माग,बलात्कारपछि हत्या भएको आरोप

दीपक बुढा सुर्खेत, ३ चैत्र

गत बुधबार बर्दिया राष्ट्रिय निकुञ्जमा सेनाद्वारा गोली प्रहारगरी एक बालिका सहित ३ जना महिला हत्या घटनाको निष्पक्ष छानविन सहित दोषिलाई कार्वाहिको माग गरिएको छ ।
सुर्खेत जिल्ला स्थित विभिन्न एक दर्जनबढी मानव अधिकारबादी संघ, संस्था, सञ्चारकर्मी र राजनीतिक दलका प्रतिनीधिहरुले संयुक्त रुपमा जिल्ला प्रशासन मार्फत गृहमन्त्रालय, प्रधानमन्त्री कार्यालय, रक्षामन्त्रालय र बर्दिया जिल्ला प्रशासन कार्यालयमा मंगलबार ज्ञापनपत्र पेश गरेका छन् ।
मानव अधिकार हनन जघन्य अपराधलाई ढाकछोप नगरी जनतालाई कानूनी राज्यको प्रत्याभुति दिन निष्पक्ष छानविन सहित घटनाका दोषिलाई कडा कार्वाहि गर्न सरकारसंग माग गरिएको छ । घटनाको निष्पक्ष छानविन सहित दोषिलाई कडा कार्वाहि नभएमा कडारुपमा आन्दोलन गर्ने समेत चेतावनी समेत अधिकारबादी संघ संस्थाले दिएका छन् ।
घर, गाउ“ नजिकैको जंगलमा काउलोको बोक्रा संकलन गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा गएका महिलाहरुलाई नेपाली सेनाको ज्वाला दत्त गणका सैनिक टोलीले नियन्त्रणमा लिई बलात्कार पश्चात हत्या गरेको मानव अधिकारबादी संघ संस्थाले आरोप लगाएका छन् ।
मानव अधिकारबादी संस्थाहरु आवाज, स्याक नेपाल, भिडेक नेपाल, सुरक्षित समाज, वाम सुर्खेत, अन्तरनिर्भर समाज, जिल्ला बाल कल्याण समिति, महिला पैरवी मञ्च, एकल महिला समूह, शान्ति समाज, नेपाल मानव अधिकार संगठन, महिला मानव अधिकार रक्षक सञ्जाल, दलित महिला संघ, वातावरण सुधार समाज, एडभोकेसी फोरम, जागरण एफ.एम, मानव अधिकार एलान्इस लगायतका संघ संस्थाहरुले संयुक्त रुपमा ज्ञापन पत्र पेश गरेका हुन् ।
काउलो संकलन गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा गएका सुर्खेत हरिहरपुर गाविस-२ कप्सेरीका १२ बषिर्या बालिका सहित चन्द्रकला वि.क देविसरा वि.क र अमृता वि.क. सेनाको गोली प्रहारबाट मृत्य भएको थियो । हत्यापछि लगत्तै नेपाली सेनाले विज्ञप्ति मार्फ चोरी शिकारीका लाग जंगल गएका ३ जना सेनाको जवाफी कार्वाहिमा मृत्य भरुवा बन्दुक समेत बराम भनिएको थियो ।
अधिकारकर्मी, सञ्चारकर्मी, स्थानीयबासीले घटनाका बारेमा स्थलगत अनुगमन पछि सेनाले एक बालिका सहित ३ महिलाहृरुलाई सेनाले बलात्कारपछि हत्या गरेको आरोप अधिबारबादी संघ संस्थाहरुले लगायका छन् । जंगलमा जडिबुटी संकलन गर्न गएका निर्दोष नागरिकलाई नेपाली सेनाले गोली हानी हत्या गरेको सुर्खेतको हरिहरपुरका स्थानियबासिन्दाले आरोप लगाएका छन् ।
सेनाले र्सवसाधारण नागरीकलाई गोली हानेर घटनाको स्वरुप परिर्बतन गरेको भन्दै उनिहरुले घटनास्थल पुगेका पत्रकारहरुसंग छानबिनका लागी पहल गरिदिन आग्रह गरेका छन् । सेनाले भने गस्ति टोलीलाई देखेर फाईरिङ गर्दै भाग्न खोज्दा गरिएको जवाफी कारबाहीमा बर्दिया राष्ट्रिय निकुञ्जमा चोरीशिकार गर्न गएकाहरुको ज्यान गएको बताएको छ ।
निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाले हानेको गोली लागि बुधबार राती सुर्खेतको हरिहरपुर-२ कप्सेरीमा स्थानीय एकै घरका ३ जना महिलाको ज्यान गएको थियो । उनिहरुबाट ३ थान भरुवा बन्दुक, गोली र बारुद पनि बरामद गरेको सेनाको भनाई छ ।
सेनाले महिलाहरुलाई पक्राउ गरी बलात्कार गरेर गोली हानी हत्या गरेको, घटनामा भाग्न सफल भएका मृतक अमृता बिकका श्रीमान दुर्गाबहादुर बिकले बताए । ती जंगलमा बास बसेका बेला सेनाको गस्ति टोली आएको र आफुहरुमाथी गोली चलाएको उल्लेख गर्दै बिकले आफुहरु भाग्न सफल भएपनि महिलाहरु भाग्न नसकेको बताए ।
आफुसहित ८ जनाको टोली जंगलमा काउलोलगाएतका जडिबुटी संकलन गर्न गएको र उतै रातपरेपछि पानीको मुहान नजिक बास बसेका बेला सेनाको गस्ति टोली आएको उनले जानकारी दिए । घटनामा भाग्न सफल भएका स्थानियबासीहरुमा बिकसहित बलदेब गीरी, गीरीका छोरा भक्तराज र छोरी भुमीसरा रहेको घटनास्थल पुगेका छन् ।
सेनाले पक्राउ गरेका कृष्णबहादुर बिकलाई अहिले निकुञ्जको ठाकुराद्धारा मुख्यालयमा राखिएको छ भने मृतक तिनै जना महिलाहरुको जिल्ला अस्पताल बर्दियामा पोष्टमार्टम गरिएको छ । मृतक ३ जनाको लास बुझन स्थानीयबासी तथा परिवारले नमानेपछि लास जिल्ला अस्पताल बर्दियामा बेवारी अवस्थामा राखिएको छ ।आफन्तले लाश बुझ्न नमाने पनि प्रहरीको आग्रहमा परिवारको अनुमती बिना नै लाशको पोष्टमार्टम गरिनुले पनी घटनालाई अझ रहस्यमय बनाएको छ ।



सम्बन्धित तस्वीरहरु

  • तस्वीर:




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ