स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

धेरैलाई मूर्ख बनाएको लिग

हिमेशरत्न वज्राचार्य, कान्तिपुरबाट

काठमाडौ, आषाढ ८

क्रिकेटलाई लिएर भन्ने गरिन्छ, खेल्ने मूर्ख र हेर्ने महामूर्ख । यो प्रसंग धेरै अर्थमा हालैमात्र टुंगिएको सहिद स्मारक लिग 'ए' डिभिजन फुटबललाई लिएर मिल्छ । यसपल्टको लिग खेल्ने केही खेलाडी, अधिकांश क्लब पदाधिकारी र प्रशिक्षकले प्रतियोगिताको खुबै मज्जा लिए, धूर्त हुँदै ।

बाँकी नेपाली फुटबल पारखी, दशरथ रंगशालामा देखिने आमदर्शक र प्रायोजक भने मूर्ख सावित भए । यसपल्टको लिगका अधिकांश खेल नतिजा हाकाहाकी पहिले नै तय थियो । नतिजाको निर्णय मैदान बाहिर गरियो, खेलाडीले मैदानमा गएर अभिनय मात्र गरे ।

लिगको समाप्तिमा नेपाली फुटबलसँग आबद्ध कोही पनि खुसी हुन सकेनन् । लिगको समाप्तिमा देखिने युद्ध जिते जस्तो बहादुरी कसैमा देखिएन । बरु सबै युद्धमा हारेका योद्धा जस्तै थिए । फुटबललाई माया गर्नेका लागि यो खेलमात्र होइन, अरू धेरै थोक हो ।

फुटबलसँग प्रत्येकको साइनो फरक हुनसक्छ । यसपल्टको लिगमा धेरैले यो साइनोको हत्या गर्ने प्रयास गरे । त्यसो त नेपाली लिग फुटबलमा धेरै अगाडिदेखि मिलेमतो हुने गरेको सबै मान्छन् । यसपल्टको लिगमा यो खुलेरै भयो । एकपछि अर्को नाटकीय नतिजा आए ।

पोस्ट म्याच कन्फ्रेन्समा कतिपय प्रशिक्षक र व्यवस्थापकले आफूले फलानो खेल छाडेको अथवा फलानो खेल हात पारेको दाबी पनि गरे । नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाले अप्रत्यक्ष रूपमा मिलेमतो स्वीकारे पनि प्रत्यक्ष रूपमा प्रमाण नपुगेको लाचारी देखाइरहेको छ ।

कुष्ठरोगलाई उपचार गर्नुको साटो त्यसलाई लुकाएर राखे अंगभंग होइन्छ । खेल मिलेमतो पनि कुष्ठरोगजस्तै भएको छ, यसको उपचार भएन भने नेपाली फुटबल नै अंगभंग हुन बेर छैन । यसलाई लुकाएर निको हुन्न, उपचार आवश्यक छ ।

अहिलेसम्म हाम्रो फुटबल उँभो नलाग्नुको कारण खेल मिलेमतो जस्तो गम्भीर विषयलाई पनि हाँसोमा उडाउन सक्ने नेपाली क्षमता हो । गणेश थापाले एन्फा अध्यक्ष सम्हालेयता अहिलेसम्म दुई गम्भीर समस्याको सामना गरेका छन्, दुवैपल्ट विरोधीको समानान्तर फुटबल संघ चल्नु ।

यसपल्टको लिगमा देखिएको मिलेमतो त्योभन्दा पनि गम्भीर समस्या हो । खेल मिलेमतोले नेपाली फुटबल धराशायी हुँदैछ । मिलेमतोमा पल्केका खेलाडी र पदाधिकारीले आखिरमा नेपाली फुटबलका लागि कत्तिको गतिलो योगदान दिन सक्छन् ? उनीहरूका लागि नेपाली फुटबल क्षणिक मनोरञ्जन भइरहेको छ ।

एन्फासामु गम्भीर समस्या तेर्सिएको छ र तत्काल अपि्रय देखिन सक्ने निर्णयसमेत आवश्यक छ । अन्यथा अहिलेको जस्तो लिग हुनुभन्दा नहुनु राम्रो । खेल मिलेमतो नेपाली फुटबलमा देखिएको क्यान्सर हो, यसको उपचारका लागि रोग प्रभावित अंग काट्न पनि पछाडि पर्नुहुन्न ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


आजका पत्रपत्रिकाबाट - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ