स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

हाइब्रिड पिसी र टचस्क्रिन ई–टप

प्रविधिमा आएको विकासले पर्सनल कम्प्युटर ल्यापटपजस्तै बनेका छन्। वजनका हिसाबले हलुङ्गा, दूरीका हिसाबले निकट र सुन्दरताको हिसाबले ´स्लिम´। ´यसमा त सीपीयूसमेत छैन,´ हाईब्रिड पिसी हेर्नेको भिडबाट एक जिज्ञासुले प्वाक्क बोले। हाइब्रिड पिसीका आधिकारिक बिक्रेता इन्टरनेसनल इलेक्ट्रोनिक्स कन्सर्न पुतलीसडकका प्रज्वल अमात्य भने जिज्ञासुको नजर किबोर्ड र माउसतिर डोर्‍याइरहेका थिए। ताररहित माउस र किबोर्ड हातले उठाउँदै प्रज्वलले भने, ´ल हेर्नोस्, यसको माउस र किबोर्ड दुवै वायरलेस (ताररहित) छन्।´ पर्सनल कम्प्युटरलाई मानिसको कोठामा प्रवेश गर्न त्यति लामो समय लागेन, जति यसले ओच्छ्यानसम्म पहुँच बनाउन लियो। ´हाइब्रिड पिसीलाई बेडमा बसेर ल्यापटपझैं चलाउन सकिन्छ,´ नयाँ प्रविधिको उपयोगिता र सहजता खोल्दै उज्वलले भने। १२ फिटसम्मको दूरीबाट तारबिनाका किबोर्ड र माउसले यो कम्प्युटर सजिलै चलाउन सकिन्छ। हाइब्रिड पिसी विकास भएको धेरै भएको छैन। चार वर्ष उमेर पुगेको हाइब्रिड पिसी नेपाली बजारमा छिरेको भने दुई महिनामात्र भयो। ´हेर्नेमात्र छन्, अहिलेसम्म कसैले किनेको छैन´, उज्वलले भने– ´नयाँ प्रविधि भएकाले जान्न खोज्ने धेरै आउँछन्, प्रश्न सोध्छन्, अनि त्यसै फर्कन्छन्।´ नेपालमा हाइब्रिड पिसीका दुईथरी मोडल उपलब्ध छन् : एनईसी पी ६००० र एनईसी पी ४०१०। अघिल्लोको मूल्य ९५ हजार ९ सय रुपैयाँ छ भने पछिल्लो १ लाख १६ हजार रुपैयाँ पर्छ। हाइब्रिड पिसीमा सीपीयू मनिटरमै जडान (इनबिल्ट) गरिएको छ। एलसीडी मनिटरमा सीपीयूसमेत जडान गरिएकाले यसको आकार, वजन र प्रयोजन ल्यापटपसँग मिल्दोजुल्दो छ। ´कम्प्युटर सौखिनलाई लक्ष्य गरी यो पिसी बनाइएको हो´, उज्वलले भने, ´ग्राफिक्स डिजाइनरका लागि यो बढी उपयोगी छ।´ औंलाले छोएर चल्ने ई–टप तपाईले एप्पलको आईफोन त देख्नुभएको होला। याज्असको टचस्त्रि्कन प्रविधियुक्त कम्प्युटर ´ई–टप´ पनि त्यस्तै छ। नेपाल इन्टरनेसनल बिजनेसले हालैमात्र बजारमा ल्याएको यो केही दिनमै ६ वटा बुक भइसकेको कम्पनीले जनायो। ताररहित माउस र किबोर्डको यो कम्प्युटर स्क्रिनमा औंलाले छोएर चलाउन सकिन्छ, आईफोनजस्तै। तपाईले आफूलाई चाहिएमात्र किबोर्ड र माउस जोडे हुन्छ, नभए यो त्यसै चलाउन सकिन्छ। हाइब्रिड र ई–टप कम्प्युटर हेर्दा उस्तै छन्। ई–टपमा पनि छुट्टै सीपीयू छैन। एलसिडी मनिटरमै सीपीयू जडान गरिएको छ। यसमा सबै काम स्क्रिनमा पेन टच वा औंलाले छोएर चलाउन सकिन्छ। ´कस्तो किबोर्ड नै नभएको ल्यापटप रहेछ,´ सुरुमा ई–टप नियाल्ने व्यक्तिको उद्गार स्मरण गर्दै इन्टरनेसनल बिजनेसका सुपर श्रेष्ठले भने– ´यो ल्यापटप होइन, टचस्क्रिन कम्प्युटर हो भनी हामीले बुझाउनुपर्छ।´ हाइब्रिड पिसी एनईसी पी ४०१० प्रविधि : ताररहित (माउस र किबोर्ड) हार्ड डिस्क : ५०० जीबी मेमोरी : २ जीबी प्रोसेसर : २.५३ गिगाहर्ज (इन्टेल) विशेषता : उच्च ग्राफिक्स, प्रोटेबल मनिटर : १९ इञ्च मूल्य : रु. १,१६,००० याजअस् ई–टप प्रविधि : टचस्क्रिन हार्ड डिस्क : १६० जीबी मेमोरी : १ जीबी प्रोसेसर : १.६ गिगाहर्ज (इन्टेल) क्यामरा : १.३ मेगा पिक्सल विशेषता : वाईफाई, प्रोटेबल मनिटर : १७ इञ्च मुल्य : रु. ८४,०००





सम्बन्धित सामग्रीहरु

प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


प्रबिधि - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ