स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

ठूलो संख्यामा प्रहरी जवान पदमा भर्ना खुल्ला

काठमाडौं, २७ जेठ(दैनिकी)

प्रहरी प्रधान कार्यालयले पा“च विकास क्षेत्रबाट एकैपटक १ हजार ४ सयको संख्यामा प्रहरी जवानको लागि नया“ भर्ना प्रकृया सुरु गरेको छ।
विज्ञापन प्रकाशित गर्दै कार्यालयले पूर्व , पश्चिम , मध्यपश्चिम , र सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयहरुमा दुई सय पचास जना र मध्य क्षेत्रीय प्रहरी कार्यालयमा चार सयको संख्यामा भर्नाका लागि आवेदन माग गरेको हो। विभिन्न कारणले पद रिक्त हुनपुगेकाले एकै पटक ठूलो संख्यामा प्रहरीले भर्ना खोलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पूर्व क्षेत्रीय प्रहरी तालीम केन्द्र विराटनगर, मध्य क्षेत्रीय तालीम केन्द्र भरतपुर, पश्चिम क्षेत्रीय तालीम केन्द्र बुटवल, मध्यपश्चिम क्षेत्रीय तालीम केन्द्र नेपालगंज र सुदूरपश्चिम क्षेत्रीय तालीम केन्द्र दिपायलबाट दरखस्त फारम पाईने र दर्ता गर्न सकिने पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ। आवेदनका लागि असार चार गतेसम्म अन्तिम मिति रहेको पनि सूचनामा जनाईएको छ।
१८ वर्ष पूरा गरी २३ वर्ष ननाघेकाले आवेदन दिनसक्ने प्रहरी जवान पदका लागि राज्यको नियमअनुसार विभिन्न क्षेत्र र जाती, समुदाय र महिलाका लागि आरक्षणको समेत व्यवस्था गरिएको छ।
सश्ास्त्रमा पनि खुल्यो भर्ना
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सश्ास्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर पदमा भर्ना प्रकृया सुरु गरेको छ।
सशस्त्र प्रहरी जवानमा ६ सय र परिचरमा १ सय २५ जना भर्नाका लागि आव्हान गरिएको सशस्त्र प्रहरी मानव श्रोत विकास विभागले जनाएको छ।
काठमाडौं, सुनसरी, बारा, पोखरा, सुर्खेत, कैलाली र बा“केका सशस्त्र प्रहरी बलका कार्यालयमा आवेदन दिन सकिने र असार चार गतेसम्म आवेदन बुझाउने अन्तिम म्याद रहेको विभागद्धारा प्रकाशित विज्ञापनमा जनाईएको छ।
सशस्त्र प्रहरी जवान र परिचर पदमा आवेदन दिन १८ वर्ष पूरा गरी २३ वर्ष ननाघेको हुनुपर्ने विज्ञापनमा जनाईएको छ। दुबै पदमा महिला, दलित, आदिवासी, मधेसी र पिछडिएको क्षेत्रका लागि आरक्षणको व्यवस्था गरिएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


रोजगारी - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ