स्तम्भ - विशेष
-
राजनितिक दलहरुको अस्पष्टताले राष्ट्रिय सहमति अझै अन्योलमा
राजनितिक दलहरुले प्रधानमन्त्री जस्तो कार्यकारीपद दावी गर्नु पार्टी स्वार्थका लागि स्वभाविक हो । राजनिति भनेको पनि सत्ताकै लागि हो, यो पनि यथार्थ हो । सरोज अधिकारी
-
सरकार निर्माण प्रकृयासंगै देखिएका केही बिसंगतिहरु
संबिधानमा चुनाबमा पराजित भएकाहरु पनि मन्त्री तथा प्रधानमन्त्री हुन पाउने ब्यबस्था भए तापनि बर्तमान मन्त्री मण्डलमा प्रधानमन्त्री मात्र नभएर अधिकांश मन्त्रीहरु चुनाबमा पराजित भएकाहरुको बाहुल्यता भएको। रामकुमार श्रेष्ठ
संवाद
-
नेपालको शैक्षिक स्थिति र व्यवस्थापको शिक्षाको महत्व
उच्च अङ्क ल्याएका विद्यार्थी पहिलो रोजाइ मानविकी तथा समाजशास्त्र, दोश्रो रोजाइ व्यवस्थापन र तेश्रो रोजाइ विज्ञान हुनुपर्दछ । नर बहादुर विष्ट
-
´मलाई जनताको आशीर्वाद छ´ (जेठ महिनामा लिर्इएको)
डा. बाबुराम भट्टराई उपाध्यक्ष एकीकृत नेकपा माओवादी
साभारः गोरखापत्र
रोचक समाचार
साहित्य
विदेश
सुचना - प्रबिधि
उपत्यका मौसम
मुद्रा विनिमय
नेप्से परिसुचक
तपाईँको आज
सुन-चाँदी (प्रति दश ग्राम)
सुन (छापावाल): ३०११०।००
सुन (तेजाबी): २९९३०।००
चाँदी: ४७६।००


मोवाइल वा टेलिफोनबाट मिसकल गर्नु आफन्तीको सम्झना गर्ने एउटा तरिका भए पनि मान्छेलाई सम्झना गर्ने यो तरिकाले दूरसञ्चारको नियमित कारोबारमा करोडौको घाटा परिरहेको छ। तर यो कुरा त्यसरी मिसकल गर्नेहरुलाई भने थाहा छैन्।
यदि यो चेतना व्यक्तिमा हुन्थ्यो भने उसले आफ्नो फोनमा ब्यालेन्स सकिएर मिसकल गर्नुबाहेक अर्को विकल्प नहुने अवस्थामा बाहेक जानीजानी मिसकल गर्ने थिएन।
किनकि मोबाइल वा ल्याण्डलाइन फोनका सचेत प्रयोगकर्ताले कहिल्यै पनि बिनाकारण बेलाकुबेला मिसकल गरेर आफ्नो समय बर्बाद,आफूले सम्झेको व्यक्तिले दिक्क र मुलुकले गर्ने सञ्चारको व्यापार घाटा पार्न सहयोग गर्ने थिएनन्।
टेलिकमका कर्मचारीहरु मिसकललाई असफल कल भन्न रुचाउँछन्। त्यसरी हुने असफल कलहरुको नेपालमा कुनै लेखाजोखा गरिएको छैन। …यदि हिसाब गर्ने हो भने यसबाट नेपाल टेलिकमबाट वर्षेनी करोडौको घाटा भइरहेको छ' नेपाल टेलिकमका एक इन्जिनियरले भने।
उनका अनुसार मोवाइल सेवा प्रदायकहरुको ६० प्रतिशत प्राविधिक ठाउँ यस्तै मिसकलहरुले ओगट्ने गरेका हुन्छन्। मोवाइल सेवा दिने कम्पनीले प्रयोगमा ल्याएको कुल क्षमताको ४० प्रतिशत अर्थात सफल कलहरु (जुन कलहरु गर्दा दोहोरो संवाद हुन्छ) बाट मात्रै पैसा पाउने गर्दछन्।
नेपालमा मोवाइल सेवा प्रदायक नेपाल टेलिकम, स्पाइस नेपाल, युटिएल आदि कम्पनीको प्रविधिको कुल क्षमताको ६० प्रतिशत क्षमतालाई असफल कल (मिसकल) आदिले खपत गरिदिने टेलिकम प्राविधिकहरु बताउँछन्।
मोबाइल फोनका यी उपभोक्तामध्ये मिसकल गर्ने बानी परेका लोभीहरु ४० प्रतिशतभन्दा बढी, कुरा गर्नैपर्ने अवस्थामा मात्र कल गर्ने संवेदनशील उपभोक्ताहरु ३० देखि ३५ प्रतिशत तथा फोनमा लामो कुरा गर्न सक्ने हैसियत भएका उपभोक्ताहरु १५देखि २० प्रतिशत हुने गरेको बताइन्छ। फिनल्याण्ड डेनमार्कलगायतका केही मुलुक सम्बिन्धत नेटवर्कमा प्रवेश गरेकै पैसा तिर्नुपर्छ।
नेपालमा मोबाइल सेवा दिने एकै कम्पनीको प्रयोगकर्ताहरुबीच हुने मिसकलमा मात्र होइन फरक फरक कम्पनीका बीच चल्ने मिसकल पनि …निःशुल्क सुविधा'का रुपमा प्रचलनमा रहेको छ।
…यो गैरकानुनी हो, विना कारण अर्काको बाटो प्रयोग गर्नु कानुनी मात्र होइन नैतिकतासँग पनि जोडिएको विषय हो'– नेपाल टेलिकम इटहरिका प्रमुख धनबहादुर थापा भन्छन।
मिसकल गर्दा जरुरी र अत्यावश्यक कलहरुलाइ बेलाबेलामा आवतजावतको बाटो (टेलिकम ट्राफिक)मा नपुग्ने समस्या देखिने सम्बद्ध इन्जिनियरहरु बताउँछन।