स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

किशोरावस्थामा अभिभावकको दायित्व

किशोरावस्था हुने एउटा भुल उनिहरुको जीवनभरकालागी अभिशाप हुन सक्छ

काठमाडौं, २ जेठ (दैनिकी)

आजको युगमा बिकाशले गती लिन नसकेता पनि फेशन, पाश्चात्य चलन आदी बिश्वको हरेक कुनामा पुगेको छ। राम्रा कुराहरु अनुसरण नगरेतापनि यस्ता आधुनिक रहनशहन हरेकले देखासिकी गर्ने गर्छन्। आजकाल अभिभावकहरुले बच्चाहरुको हेरचार बाल्यकालसम्म मात्र गर्नुपर्छ भनेर सोचेमा त्यो गलत हुन जान्छ। बास्तवमा भन्ने हो भने अभिभावकहरुले बाल्यकालपछी किशोरावस्थामा सबभन्दा बढी ध्यान पुर्याउनु पर्छ। यस बेला गरेको एउटा भुलले मानिसहरु जीवनभर पछुताइरहेको कैयन उदाहरणहरु छन् तसर्थ यस समयमा हभिभावकहरु सबभन्दा होशियार हुनुपर्छ।

किशोरावस्था मा उनीहरुलाइ सही र गलतको ज्ञान हुदैन
यस बेला हरेक किशोरहरुमा शाररीक तथा भावनात्मक परिवर्तन आउन थालेको हुन्छ। संयुक्त परिवार भएको ठाँउमा एकान्त कम हुने हुनाले समस्यापनि कमनै हुन्छ तर एकल परिवार भएको तथा इण्टरनेट भएको अवस्थामा यो समस्याले बिकराल रुप लिन सक्छ। यस उमेरमा सहि के हो र गलत के हो भनेर ठम्याउन नसक्नु तथा कौतुहलताले गर्दा किशोरावस्था मा अक्सर बहकन सक्छ तसर्थ अभिभावकहरुले यस समयमा बढी ध्यान पुर्याउनु पर्छ।

किशोरावस्था मा उनीहरुलाइ ठिक बेठिकको ज्ञान दिनुपर्छ
यस बेला हरेक किशोरको मन चाडै बहकने तथा देखासिकी गर्ने हुँदा उनीहरुलाइ हरेक सहि र गलत बारे जानकारी दिनु जरुरी हुन्छ। चुरोट, मध्यपान के हो, यसका अबगुणहरु के के हुन ? यसबाट हुने हानीहरु के हुन ? अभिभावकहरुले यस बारेमा खुलस्त कुरा गरेर यस्ता लतमा लागेको छ छैन भनि ध्यान पुर्याउनु पर्छ।

किशोरावस्था मा उनीहरुले जान्न चाहेको कुरा बताउनु पर्छ
आजकाल फिल्म, टि‍. भि को ठुलो प्रभाव हुने हुन्छ । यस अवस्थामा यी अबोध किशोरहरुले यौन देखी लिएर हरेक कुराबारे सोध्न सक्छ त्यस अवस्थामा उनीहरुलाइ यस बारेमा बताउनु पर्छ। लाज मानेर यो तिमीहरुलाइ चाहिने कुरा होइन भनि पन्छिन खोजेमा उनीहरु त्यस प्रती झन उत्सुक हुन जान्छ यसबाट यस बारे जानकारी पाउन कतिपयले गलत कदम समेत चाल्न सक्छ तसर्थ किशोरावस्थामा उनीहरुले सोधेका हरेक प्रश्नहरुको उत्तर बुद्धिमतापुर्व दिनु पर्छ।

किशोरावस्थामा गर्ने भूल अभिशाप बन्न सक्छ
किशोरावस्थामा उनीहरुले हरेक कुरा ध्यान पुर्वक सुन्ने, सिक्ने, देखासिकी गर्ने भएबाट उनीहरुलाइ हरेक कुरा बारेमा ज्ञान दिनु जरुरी छ । उनीहरुलाइ ठिक बेठिक तथा कुन काम कहिले गर्ने भनी जानकारी दिनु अति जरुरी हुन्छ। नत्र यस उमेरमा हुने एउटा भुल उनिहरुको जीवनभरकालागी अभिशाप हुन सक्छ। तसर्थ हरेक अभिभावकहरु यस अवस्थामा पुगेकाहरु संग मित्र बन्न सक्नु पर्छ जसले गर्दा उनीहरुको हरेक गतिबिधिलाइ नजिकबाट नियाल्न सकिन्छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


जीवनमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu