स्तम्भ - विशेष
-
जनपक्षिय संबिधान किन
नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी
-
´जातीय आधारको संघियता´ मेरो दृष्टिमा
संघीयतामा आफ्नो भाग्य खोज्ने र हिनता बोध गर्ने दुवै पक्षको मिलन विन्दु भनेकै 'उदारता' र 'त्याग' नै हो |पुकार कडेल
संवाद
-
नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाका वर्तमान अध्यक्ष सुबोध कुमार कर्णज्यूले संस्थाको इतिहाँसमा पहिलो पटक संस्थाको गरिमालाई कायम राख्न कडा रुपमा प्रस्तुत भई सो मा सफल समेत हुनु भएको छ।
प्रस्तुत छ यसै विषयलाई लिएर श्री कर्णज्युसंग गरिएको ताजा कुराकानीः
-
´मलाई जनताको आशीर्वाद छ´
डा. बाबुराम भट्टराई उपाध्यक्ष एकीकृत नेकपा माओवादी
साभारः गोरखापत्र
रोचक समाचार

साहित्य
विदेश
वाल बगैँचा
सुचना - प्रबिधि
उपत्यका मौसम
मुद्रा विनिमय
नेप्से परिसुचक
तपाईँको आज
सुन-चाँदी (प्रति दश ग्राम)
सुन (छापावाल): २७९५०।००
सुन (तेजाबी): २७७७०।००
चाँदी: ४२८।५०



यो कथासंग्रहको नामबाट यसभित्र रहेका कथा र तिनका विषयवस्तुबारे केही अनुमान गर्न सकिन्छ । 'नीलिमा' अर्थात् प्रेमको प्रतीक र 'गाढा अँध्यारो' अर्थात् प्रेमविरोधी अवस्था । अँध्यारोले जीवनको विरोध गर्छ, प्रेमको प्रतिपक्षमा बस्छ । अँध्यारोमा राम्रा काम हुँदैनन् । नकारात्मकता र विकृति अँध्यारोमा ज्यादा फस्टाउँछन् । संग्रह पढ्दै जाँदा उल्लिखित अनुमान सही सावित हुँदै जान्छ । कथाहरूमा जीवनका आशा, सम्भावना वा उज्याला पक्षहरू र संगति पराजित भएका छन्- निराशा, कुण्ठा, पाखण्ड, धोका, विसंगति र अँध्यारोको जित भएको छ । यसका अतिरिक्त कथाकार अनमोलमणिले कथाशिल्पमा उत्तरआधुनिकता र जादूमय यथार्थवादका छिटाहरू पनि पारेका छन् । नीलिमा र गाढा अँध्यारो कथासंग्रह सार्वजनिक भएको दुई दिनपछि अनमोलमणिले मलाई भनेका थिए- 'के मेरा कथाहरू नेपाली कथासाहित्यमा टिकाउ होलान् ? यसमा रहेका गुणभन्दा पनि कमजोरीका बारेमा जान्न उत्सुक छु ।' थोरै लेखकमात्रै आफ्नो कमजोरी बाहिर आओस् भन्ने चाहन्छन् । नीलिमा र गाढा अँध्यारोलाई पटकपटक पढेर मैले उनका कमजोरी खोज्ने प्रयास गरे । सामान्य वा झिनामसिना व्याकरणगत त्रुटि वा प्राविधिक गल्तीबाहेक अरू केही पाउन नसकेपछि मलाई कमजोरी खोज्नु पनि एउटा अर्को 'कमजोरी' झैं लागिरहेछ ।



