स्तम्भ - विशेष

  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


  • ´जातीय आधारको संघियता´ मेरो दृष्टिमा

    संघीयतामा आफ्नो भाग्य खोज्ने र हिनता बोध गर्ने दुवै पक्षको मिलन विन्दु भनेकै 'उदारता' र 'त्याग' नै हो |पुकार कडेल


हिजोआज - अनु

अनु
imt
imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७९५०।००

सुन (तेजाबी): २७७७०।००

चाँदी: ४२८।५०

आधुनिक मान्छेको कथा

राजेन्द्र पराजुली

यो कथासंग्रहको नामबाट यसभित्र रहेका कथा र तिनका विषयवस्तुबारे केही अनुमान गर्न सकिन्छ । 'नीलिमा' अर्थात् प्रेमको प्रतीक र 'गाढा अँध्यारो' अर्थात् प्रेमविरोधी अवस्था । अँध्यारोले जीवनको विरोध गर्छ, प्रेमको प्रतिपक्षमा बस्छ । अँध्यारोमा राम्रा काम हुँदैनन् । नकारात्मकता र विकृति अँध्यारोमा ज्यादा फस्टाउँछन् । संग्रह पढ्दै जाँदा उल्लिखित अनुमान सही सावित हुँदै जान्छ । कथाहरूमा जीवनका आशा, सम्भावना वा उज्याला पक्षहरू र संगति पराजित भएका छन्- निराशा, कुण्ठा, पाखण्ड, धोका, विसंगति र अँध्यारोको जित भएको छ । यसका अतिरिक्त कथाकार अनमोलमणिले कथाशिल्पमा उत्तरआधुनिकता र जादूमय यथार्थवादका छिटाहरू पनि पारेका छन् । नीलिमा र गाढा अँध्यारो कथासंग्रह सार्वजनिक भएको दुई दिनपछि अनमोलमणिले मलाई भनेका थिए- 'के मेरा कथाहरू नेपाली कथासाहित्यमा टिकाउ होलान् ? यसमा रहेका गुणभन्दा पनि कमजोरीका बारेमा जान्न उत्सुक छु ।' थोरै लेखकमात्रै आफ्नो कमजोरी बाहिर आओस् भन्ने चाहन्छन् । नीलिमा र गाढा अँध्यारोलाई पटकपटक पढेर मैले उनका कमजोरी खोज्ने प्रयास गरे । सामान्य वा झिनामसिना व्याकरणगत त्रुटि वा प्राविधिक गल्तीबाहेक अरू केही पाउन नसकेपछि मलाई कमजोरी खोज्नु पनि एउटा अर्को 'कमजोरी' झैं लागिरहेछ ।

पुस्तक पढिसकेपछि केही कथाले मलाई बेस्सरी रन्थनाएका छन् । विशेषतः पहिलो कथा 'टेस्टट्युब बेबी र मेरी प्रेमिका' र संग्रहको सबैभन्दा लामो कथा 'उस्तै' ले । र, तिनले केही प्रश्नहरू पनि मेरा मानसपटलमा जन्माइरहेछन्- के कुनै पनि लेखकले लेखेका सबै रचना अमर हुन्छन् ? समयको बहावसँगै तिनलाई पाठकहरूले बिर्संदैनन् ? एउटा लेखक बाँच्नका निम्ति कतिवटा उत्कृष्ट रचना लेख्नुपर्छ ? कुनै एउटा स्तरीय साहित्य सदाकालका निम्ति, सबै उमेर समूह, सबै वर्ग, जातजाति, शिक्षा वा चेतना भएका पाठकका लागि उत्तिकै पि्रय हुन्छ ? उल्लिखित सबै प्रश्नका जवाफ मसँग छैनन् र यस संग्रहका कथाहरूले पनि ती प्रश्नहरूको पूर्ण जवाफ दिन सक्दैनन् । तर अनमोलका एक दर्जन कथा संगृहित पुस्तक पढेपछि मलाई भन्न गाह्रो परेन- सबै रचना उही स्तरका र उसैगरी मन हल्लाउने शक्तियुक्त हुँदैनन् । यो तथ्य उसैगरी हरेक लेखकमा लागू हुन्छ । यद्यपि, एक सय आठ पृष्ठको यो कथासंग्रह पढ्न बसेपछि नटुंग्याई उठ्न कसैले पनि सक्नेछैन र एउटा लेखकको सबैभन्दा ठूलो क्षमता वा शक्ति भनेको त्यही नै हो । पहिलो कथा 'टेस्टट्युब बेबी र मेरी प्रेमिका' ज्यादा वर्णनात्मक छ । विज्ञानले आक्रान्त पुस्ताको कथा हो यो । यद्यपि, नेपाली समाज बनोटको पृष्ठभूमिलाई हेर्ने हो भने मुलुकको कुनै भेग सिटामोल र जीवनजल -नुन-चिनी-पानी) नपाएर आक्रान्त छ भने सोही नक्साभित्रको कुनै क्षेत्र विज्ञानको चरम उन्नतिले मन कुँडिएको पीडा पोखिरहेछ । यी दुवै क्षण एउटा चरम विसंगतियुक्त समयका चित्र हुन् । यो कथा मान्छेहरू मनहीन बन्दै गएको, क्रमशः जटिल बन्दै गएको मानवजीवन, आधुनिकताका नाममा चरम यान्त्रिक र कृत्रिम बन्दै गएको अवस्थाको सशक्त चित्र हो- प्रकृति र विज्ञानको द्वन्द्व पनि हो यो कथा । यो कथाले भन्छ- वर्तमान समयका मान्छेसित प्रेम छ- मुटु छैन, नाता छ- स्नेह र जिम्मेवारी छैन, जीवन छ- भावुकता छैन, सम्बन्ध छ- न्यानो छैन । पहिलो कथासँग यस संग्रहका अन्य कथाहरूले पनि कुनै न कुनै रूपमा सम्बन्ध राखेका छन् अथवा लगभग उस्तैउस्तै सेरोफेरोमा घुमेका छन् । हरेक कथाको अन्त्य पीडादायी छ । दोस्रो कथा 'पीडा-नायक' मान्छेभित्र व्याप्त अविश्वासको चित्र हो भने 'अनुत्तरित' ले परिचयहीन-नाताहीन वा टुहुरो सम्बन्धलाई उजागर गरेको छ । कहिल्यै बल्न नपाएको जिन्दगीको बाटोको हरियो बत्ती र पारी वा गन्तव्य छुन नपाएको हाम्रो समयको मान्छेको भोगाइ हो 'जेब्राक्रसमा उभिएर' कथा । मन असाध्यै पुलकित भएका बखत साटिएका प्रेमका चिनु हराउनु, शरीर छल्लिनु, जीवनको उत्तरार्द्धसम्म पनि नपाउनु वा पाए पनि अर्कै थोक भएर आउनुको दुःख हो 'नीलो रूमाल हराएपछि' कथा ।

सापटी टाउको अर्थात् परिचय लिएर अर्थहीन बाँच्न विवश मान्छे प्रस्तुत भएको छ 'बाँकी प्रश्नहरू' मा । वर्तमान समयको सबैभन्दा दर्दनाक कथा बोकेको छ संग्रहको लामो कथा 'उस्तै' ले । कसैसँग पनि नजोडिएको आफ्नो छुट्टै परिचय खोज्न हिँडेका नोराहरू कतै हराएका छन् र पर्याप्त खराब कार्य नगरेकोमा एक पात्रले आलोचित हुनुपरेको छ । प्रेमिकाका नाममा कविता लेख्ने पदम एक्लिएको छ- संग्रहको शीर्षक कथा 'नीलिमा र गाढा अँध्यारो' मा । फूल, संगीत, सुन्दरता, केटाकेटी, पुस्तक मन नपर्ने नाममात्रको मान्छेको कथा हो 'सहर-यात्रा' । अब प्रेम गर्न वा बिहा गर्न मध्यस्थकर्ताको काम कम्प्युटरले गरिदिन्छ- कम्प्युटरले नै मान्छेभित्रको प्रेमको मात्रा जाँचिदिन्छ र नम्बर दिन्छ वा पास-फेल भनिदिन्छ । तर कालान्तरमा त्यसको नतिजा भोग्न कुनै एउटा मनयुक्त मान्छे नै बाध्य हुन्छ- 'यथावत्' कथाभित्रको कथा यस्तो छ । एघारौं कथा 'अकारण' ले उतारेको आँसुका घाउहरू एउटा वियोगान्त कविताजस्तो छ । संग्रहको अन्तिम कथा 'कार्नेसन, धूवाँ र तिम्रो झझल्को' एउटा निजात्मक निबन्ध बन्न पुगेको छ । यसमा कथातत्त्वभन्दा निबन्ध तत्त्व बढी हावी हुन पुगेको छ । निबन्धजस्तै भए पनि यो कथाले पनि अँध्यारोकै बयान गरेको छ ।

उल्लिखित नमीठा विशेषणहरूले दुनियाँभरका मान्छेहरू क्रमशः मेसिनमा परिणत हुँदै गएका, जीवनशैलीभित्र पाखण्ड र अस्वाभाविकताले प्रश्रय पाएको, प्रेमहरू बिकाउ वस्तुमा परिणत भएको र भत्किएका आस्थाहरू, संस्कृतिभञ्जनको चरम अवस्थाले समाज विकृत बनाएको प्रमाण दिएको छ । वास्तवमा अनमोल स्वयम्मा एउटा कथा हो- यथार्थ कथा । कथापूर्व रहेको 'आफ्नै कथा' को ४४ हरफसम्म अनमोलले आफ्नो कथालाई निर्वस्त्र उतारेका छन् । त्यसपछिका हरफहरू औपचारिक । त्यही ४४ हरफ नै अनमोल हो- उनी उभिएको जमिन हो, ती हरफहरू अहिले अपूर्ण छन्, तिनलाई नढाँटी लेख्दा अनमोलले आफ्नो जमिनको कथा, परिवेश र भोगाइको कथा लेखेको हुनेछ र कालान्तरमा त्यो कथा हामी सबैको आफ्नो कथा हुनेछ- नेपाली कथा साहित्यको अमर कथा हुनेछ ।

यो संग्रहमा पाठकले विभिन्न स्वादका कथा पाउँदैनन् । कुनै पनि एउटै पुस्तकमार्फत विविध स्वादका कथा दिनसकेमा विभिन्न खालका पाठक आकषिर्त हुन्छन् । यसबारे अनमोल सचेत हुनैपर्छ ।
साभारः कान्तिपुर





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


पुस्तकमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu